शिखर साकोसमा “सहकारी अभियानको वर्तमान अवस्था र हाम्रो भूमिका” विषयक अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिखर साकोसमा “सहकारी अभियानको वर्तमान अवस्था र हाम्रो भूमिका” विषयक अन्तरक्रिया सम्पन्न

सुर्खेत । भेरीगंगा नगरपालिका–११, रामघाट, सुर्खेतमा अवस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले “सहकारी अभियानको वर्तमान अवस्था र हाम्रो भूमिका” विषयक अन्तरक्रिया माघ ५ गते सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षता तथा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता र सदस्य सेवा कार्यालय प्रमुख चन्द्रदेव जोशीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

अन्तरक्रियाको क्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी अभियानको वर्तमान अवस्थामा विश्लेषण गर्दै संस्थाको जगेडाकोष बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । साथै अहिलेको अवस्थामा हतास नभएर सहकारीताको भावना सहित आफ्नो सही मार्गमा सुरक्षीत रुपमा अगाडी बढ्नका लागि सुझाव दिनुभएको थियो । अन्तरक्रियाका क्रममा सहभागीहरुले सहकारी अभियानमा वर्तमान समयमा देखिएका तथा भोगेका समस्याका विषयमा प्रश्न तथ जिज्ञाशा राख्नुभएको थियो र नेफ्स्कूनका अध्यक्षले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु, संचालक समिति तथा लेखा सुपरिवेक्षण पदाधिकारी एवम् सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, संकलन केन्द्र व्यवस्थापन उपसमितिका सदस्यहरु, छाता संगठनका प्रतिनिधिहरु तथा कर्मचारीहरु सहित ३४ जनाको उपस्थिती रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप