छिन्नमस्ता महिला साकोसमा स्क्यान अन्तर्गत सुपरीवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छिन्नमस्ता महिला साकोसमा स्क्यान अन्तर्गत सुपरीवेक्षण सम्पन्न

भक्तपुर । सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षालाई मुख्य चुनौतीका रूपमा हेरिँदै आएको सन्दर्भमा भक्तपुरको चाँगुनारायण न. पा. ४, छाप स्थित छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत माघ ६ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ । 

स्थलगत सुपरीवेक्षण नेफ्स्कूनका तर्फवाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता राजीब आचार्यले गर्नुभएको थियो । स्थलगत सुपरीवेक्षणमा छिन्नमस्ता महिला साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानूनी पालनाको अवस्थाबारे गहिरो अध्ययन भएको थियो । सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।

सुपरीवेक्षणमा विशेष गरी डिजिटल सुशासन र पारदर्शिता अन्तर्गत कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था तथा गोएमएल मार्फत सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारिता, सम्पत्ति तथा दायित्व व्यवस्थापनको वैज्ञानिक विश्लेषण मार्फत वित्तीय सन्तुलन, साथै सदस्य केन्द्रित सेवाअन्तर्गत साधारण सभाको गुणस्तर र कार्यालय व्यवस्थापनको आधुनिक स्वरूपबारे मूल्याङ्कन गरिएको थियो ।

सुपरीवेक्षणपछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरू र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

साकोसका सञ्चालक समिति र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त भएको छ । सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न छिन्नमस्ता महिला साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस किसिमको पहलले समग्र सहकारी अभियानमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा साकोसले गरेको छ ।


 

भर्खरै
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

२ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

२ दिन अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

२ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

६ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

६ दिन अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

६ दिन अगाडि

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण
नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

६ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८८ दिन अगाडि

पाठकबाट थप