नव युवा साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नव युवा साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । ललितपुर स्थित प्रोवेसन कार्यक्रममा आवद्ध रहँदै आएको नव युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सँग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) कार्यक्रममा माघ २६ गते आबद्धता जनाएको छ । 

सहकारी संस्थाहरूमा सुशासन प्रवद्र्धन, जोखिम व्यवस्थापन सुदृढीकरण तथा संस्थागत क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको स्क्यान कार्यक्रम अन्तर्गत यो सम्झौता सम्पन्न गरिएको हो ।
नव युवा साकोसका सचिव सबिना महर्जन, संस्थाका व्यवस्थापक शान्त बज्राचार्य, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का कार्यक्रम अधिकृत शौभाग्य भट्टराई तथा कार्यक्रमका सहजकर्ता शिशिर अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्क्यान कार्यक्रमको उद्देश्य, कार्यविधि, अपेक्षित नतिजा तथा संस्थाले प्राप्त गर्ने लाभबारे विस्तृत रूपमा छलफल गरिएको थियो ।

स्क्यान कार्यक्रम मार्फत नव युवा साकोसको वित्तीय अवस्था, व्यवस्थापकीय क्षमता, आन्तरिक नियन्त्रण प्रणाली, कर्जा तथा बचत व्यवस्थापन, जोखिम न्यूनीकरण र सुशासनसम्बन्धी पक्षहरूको नियमित मूल्याङ्कन गरिनेछ । यसले संस्थालाई आफ्नो वर्तमान अवस्थाको वस्तुगत विश्लेषण गर्न सहयोग पुग्ने र सुधारका क्षेत्र पहिचान गरी संस्थालाई दिगो र सबल बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले स्क्यान कार्यक्रम सहकारी संस्थाहरूलाई आत्ममूल्याङ्कन तथा निरन्तर सुधारको अभ्यासतर्फ उन्मुख गराउने प्रभावकारी औजार भएको उल्लेख गर्दै, यस कार्यक्रमले सदस्यको विश्वास अभिवृद्धि गर्नुका साथै नियामक मापदण्ड पालना गर्न समेत सहयोग पुग्ने बताए । त्यस्तै, संस्थाका सचिव सबिना महर्जनले स्क्यान कार्यक्रममा आवद्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै, कार्यक्रमबाट प्राप्त सुझाव तथा मार्गदर्शनलाई संस्थागत सुधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

सम्झौता पश्चात नव युवा साकोसले स्क्यान कार्यक्रम अन्तर्गत तोकिएका मापदण्ड र प्रक्रियाहरू पालना गर्दै नेफ्स्कूनसँग समन्वयमा कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ । यस सहकार्यले संस्थाको समग्र कार्यसम्पादन सुधार हुनुका साथै दिगो, पारदर्शी र उत्तरदायी सहकारीको रूपमा अघि बढ्न थप टेवा पुग्ने विश्वास लिइएको छ ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

७ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप