होस्टे हैंसे साकोसको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
होस्टे हैंसे साकोसको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट होस्टे हैंसे बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं महानगरपालिका १४, खड्कागाँउको स्क्यान तथा प्रोवेसन सम्झौता तथा स्क्यान अन्तर्गत पहिलो निरिक्षण र प्रोवेसन स्थलगत सुपरिवेक्षण फाल्गुण ०४, गते सम्पन्न भएको छ ।
 
संस्थाको  वित्तीय कानूनी जोखिमको अवस्था, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका विषयमा स्थलगतका क्रममा सुपरिवेक्षण गरिएको थियो । स्थलगतका क्रममा संस्थाका व्यवस्थापक सरला दुलालले नेफ्स्कूनले संस्थाको हालका नियामकीय परिवर्तनका विषयवस्तु समेत सूचकका रुपमा समावेश गरी स्क्यान कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तीय स्वस्थता विकास गर्न, जोखिम न्यूनीकरण गर्न, आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको बताउनुभयो  ।

संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनको सहभागितामा स्क्यान सम्झौता सम्पन्न गरी सञ्चालन भएको स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाका सञ्चालक सदस्य इश्वरी दंगालले यस कार्यक्रमबाट संस्थाको वित्तीय सूचक सुधार, नियामकीय व्यवस्थाको अद्यावधिक गर्न, सुशासन कायम गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सक्रिय रहने प्रतिवद्धता भयको छ  ।

स्क्यान कार्यक्रमका सम्झौतामा नेफ्स्कूनको अनुगमन सहजकर्ता शम्भू घिमिरे र संस्थाका व्यवस्थापक सरला दुलाल, सचिव रमेश दुवाडी तथा अन्य सदस्यहरु, व्यवस्थापन कर्मचारीहरुको रोहवरमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष मनराज बुढाथोकी खड्काको हस्ताक्षरमा सम्पन्न भएको थियो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण अनुगमन सहजकर्ता लीला अम्गाइ, कार्यक्रम अधिकृत सोविता मैनाली र दीपक अर्यालले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप