विकू साकोस नेफ्स्कूनको स्क्यान र व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोस नेफ्स्कूनको स्क्यान र व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

गैडाकोट । गैडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को व्यवसाय विकास सेवा कार्यक्रम र नियमित निरिक्षण तथा अनुगमन (स्क्यान)  कार्यक्रममा फागुन २५ गते आबद्ध भएको छ ।   

व्यवसाय विकास सेवा कार्यक्रम
बचत तथा ऋण सहकारी संस्थाहरूमा व्यवसाय विकास सेवा कार्यक्रम मार्फत व्यवसाय सेवा डेक्स स्थापना गरेर उद्यमका पाँच आधार (इच्छाशक्ति, स्थान, प्रविधि, पूँजि र बजार) लाई केन्द्रमा राख्दै निरन्तर व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण गरी सहकारी सदस्यहरूलाई दिगो र सफल उद्यमी बनाउने व्यवसाय विकास सेवा कार्यक्रम हो । 

वित्तीय सहकारी संस्थाले व्यवसाय विकास सेवा (BDS) कार्यक्रम मार्फत “उत्पादन देखि उपभोक्ता सम्म” वा “सेवा देखि ग्राहक सम्म” को सम्पूर्ण प्रक्रियामा प्रविधि, पूँजि र वजार सुनिश्चितता भूमिकामा यो कार्यक्रम केन्द्रीत हुनेछ । वित्तीय सहकारी संस्थाहरूमा भाखा नाघेको (Loan Default/Delinquency) ऋणको अभ्यास प्रमुख चुनौती हो यसको समाधानका लागि व्यवसाय विकास सेवा (BDS) कार्यक्रमले विशेष रूपमा सदस्यका लगानीलाई उत्पादन, वजार र मुल्य श्रृँखलासँग जोड्दै समयमानै भुक्तानी सुनिश्चित गर्ने काम गर्नेछ । 

नियमित निरिक्षण तथा अनुगमन (स्क्यान)  कार्यक्रम
संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कर्ब्स कार्यक्रमको सिकाईका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ । नियमित निरीक्षण तथा अनुगमन गरी देखिएका जोखिमको व्यवस्थापन गर्न आवश्यक मार्गनिर्देशका लागि यो कार्यक्रम  सञ्चालन हुनेछ । स्क्यान कार्यक्रम गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकिय क्षमता विकास,स्वनियमन र नियामकिय सक्षमता विकासको एकिकृत स्वरुप हो । 

संघले सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपना अभिवृद्धिका लागि सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभावकारी रुपमा अघि बढाएको हो  । संस्थाको स्तरीकरणका लागि  विभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरिरहेको छ । 

नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र व्यवसाय विकास सेवा कार्यक्रममा बरिष्ठ अधिकृत नविन राज दाहाल साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलको हस्ताक्षरमा नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत यमकला सुवेदी साकोसका अध्यक्ष प्रेम प्रसाद सापकोटाको रोहबरमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप