विकू साकोसद्वारा ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण, चैत ५ देखि सदस्य सर्वेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसद्वारा ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण, चैत ५ देखि सदस्य सर्वेक्षण

काठमाडौं । विकू बचत तथा ऋण सहकारी संस्था लि. ले  प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण सम्बन्धी प्रशिक्षार्थी अभिमुखीकरण कार्यक्रम फागुन २८ गते सञ्चालन गरेको छ । 

संस्थाका सदस्यहरूको घरदैलोमा पुगेर प्रविधि साक्षरता अभिवृद्धि गर्ने तथा गुणस्तरीय सेवा प्रवाहलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना भएको साकोसका अध्यक्ष प्रेम प्रसाद सापकोटाले बताउनु भयको छ । 

कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थागत प्रस्तुतीकरण, प्रविधि प्रयोगसम्बन्धी जानकारी तथा सदस्य सर्वेक्षणको डेमो प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रमका क्रममा प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले सर्वेक्षणमा संलग्न प्रशिक्षार्थीहरूको काम, कर्तव्य, जिम्मेवारी, भूमिका तथा सदस्यहरूसँग गर्ने व्यवहार सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सञ्चालक समिति, पत्रकार, विभागीय प्रमुखहरू तथा ८१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । संस्थाका अनुसार सदस्य सर्वेक्षण कार्यक्रम आगामी चैत्र ५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप