सैदान साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सैदान साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्य सहित नियमित रूपमा सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम अन्तर्गत बर्दिया स्थित सैदान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चैत्र २ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सुपरिवेक्षणको प्रमुख उद्देश्य सहकारी संस्थाहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु तथा बचतकर्ताको विश्वास अभिवृद्धि गर्नु रहेको थियो। यस क्रममा संस्थाको पुँजी पर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, व्यवस्थापन सूचना प्रणाली अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) तथा भाखा नाघेका ऋण असुलीका विषयमा विस्तृत मूल्यांकन गरिएको थियो। त्यसैगरी बचत तथा ऋण कारोबार, लेखापरीक्षण, लगानी नीति, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता र निर्णय प्रक्रियालगायतका पक्षहरूको समेत समग्र रूपमा समीक्षा गरिएको थियो। स्क्यानका सूचकहरूमा आधारित अभ्यासमार्फत सहकारीको वर्तमान अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन तथा आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष लौटन चौधरी, उपाध्यक्ष अनिता थारु लगायत पदाधिकारी तथा सदस्य र व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी र अनुगमन सहजकर्ता प्रकाश लुहारले सुपरीवेक्षण कार्य सम्पन्न गर्नुभएको थियो। सुपरीवेक्षणका क्रममा प्राप्त सुझाव तथा निर्देशनहरूलाई उपस्थित संचालक समिति, लेखा सुपरीबेक्षण समिति,उपसमिति र व्यवस्थापनसंग गहन छलफल गरी संस्थागत सुधारका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सहित सुपरीवेक्षण कार्य सम्पन्न भएको थियो।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप