रुपन्देहीमा नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा नेपाल वित्तीय प्रतिवेदन मान तालिम चैत्र १२ गते सम्पन्न भएको छ । 

तालिममा सल्यान, बर्दिया, सुर्खेत, प्यूठान, रोल्पा, कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासी जिल्ला अन्तरगत ३१ वटा साकोसबाट ३६ जनाको सहभागिता रहेको समापन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, बरिष्ठ अधिकृत कोमल राज अधिकारीको सहभागिता रहेको थियो भने सहजिकरण एफसिए राजन अधिकारीले गर्नुभएको थियो ।  

समापन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान परिस्थितीमा संस्थालाई दिगो र गुणस्तरिय रुपमा सञ्चालन गर्नको लागि नयाँ अवधारणा अनुसारको लेखामान पद्धतिमा लेखामान प्रतिवेदन तयार गर्नको लागि व्यवस्थापन दक्ष हुनुपर्ने सोको लागि प्राविधक विषयको तालिम नेफस्कूनले आफ्ना सदस्य संस्थाहरुलाई दिईरहेको र वित्तिय प्रतिवेदन सँगसँगै संस्थाको दिगोपनाको लागि हरेक साकोसहरु नेफ्स्कूद्धरा सञ्चालित गुणस्तर सुनिश्चतता कार्यक्रम स्क्यानमा सहभागी भई सञ्चालन गर्न र अन्य साकोसहरुलाई पनि स्क्यान कार्यक्रममो फाईदाको बारेमा सम्प्रेषण गर्दै आवद्ध हुन सन्देश प्रवाह गर्न अनुरोध गर्नुभएको थियो भने पछिल्लो सहकारीमा देखिएको परिवर्तित कानुनी वातावरण अनुसार आफ्नो संस्थालाई अनुकुलन गराई सञ्चालन गर्न पनि नेफ्स्कूनसँग निरन्तर रुपमा जोडिएर कार्य गर्न र साकोस अभियानको दिगोपानाको लागि नेफ्स्कूनलाई निरन्तर रुपमा सुझाव दिनपनि आग्रह गर्नुभएको थियो । 

तालिम समापन कार्यक्रममा तालिममा सहभागी विजय फुलवारी साकोसका व्यवस्थापक प्रकाश वैद्ययले तालिम व्यवाहारीक, अभ्यासमुलक रहको र NFRS पद्धतिबाट वित्तिय लेखामान प्रतिवेदन तयार गर्दा संस्थामा जोखिम व्यवस्थापन हुने र यस तालिममा सिकेको कुराहरुलाई संस्थामा व्यवहारिक रुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धताको साथसाथै पुनःताजगी तालिमको आयोजना गर्न समेत सुझाव दिनुभएको थियो भने अर्का सहभागी नमुना महिला विकास साकोस का व्यवस्थापक मञ्जु गोदारले तालिमले NFRS सम्बन्धी लेखा तथा करका विषयमा रहेको दुविद्धा पूर्णरुपमा हटाएको बताउनुभएको थियो । 

चैत्र ९ गतेदेखि चलेको यस चार दिवसीय तालिमको सञ्चालन तथा व्यवस्थापन रुपन्देही सदस्य सेवा कार्यालयका प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत प्रविण अधिकारीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप