चितवनमा ऋण असुली तथा धितो लिलाम कार्यविधि निर्माण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा ऋण असुली तथा धितो लिलाम कार्यविधि निर्माण तालिम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा चितवन र नवलपुर जिल्लाका सदस्य साकोसहरुलाई २ दिने ऋण असुली तथा धितो लिलामी कार्यबिधि निर्माण तालिम चैत्र १२ गते सम्पन्न भएको छ । 

चैत्र ११ र १२ गते दुई दिवसीय तालिममा ३९ वटा साकोसबाट ४९ जनाको सहभागीता सहित ५५ जनाको सहभागीता रहेको थियो । 

तालिममा कार्यविधिको निर्माण सम्बन्धी जानकारीका साथै समुहगत अभ्यास गराएर सिकाईएको थियो । तालिमको समापन कार्यक्रममा अध्यक्षता संघका उपाध्यक्ष शान्ति अधिकारी र चितवन सदस्य सेवा कार्यालयका उपसमिती सदस्य रामशरण सिलवालको उपस्थितीमा रहेको समापन कार्यक्रममा तालिमको समग्र रुपमा समिक्षा सहभागीको तर्फबाट भरतपुर जनसेवा साकोसका उपाध्यक्ष रामप्रसाद सापकोटाले गर्नुभएको थियो तालिममा सहभागीको उत्साहजनक सिकाई रहेको र यस कार्यविधि निर्माण तालिमले साकोसहरुलाई ऋण असुली र धितो लिलाम सम्बन्धी कुराहरुको महत्वपुर्ण सिकाई रहेको जानकारी गराउनुभयो । समापन कार्यक्रममा सहभागीहरुलाई आफ्नो साकोसमा कार्यविधि निर्माण गरी कार्यान्वयनमा गएमा मात्र तालिमको उपलब्धि हुने बताउनुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन तथा तालिमको व्यवस्थापन नेफस्कून सदस्य सेवा कार्यालय चितवनका कार्यालय प्रमुख यमकला सुवेदीले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप