३२ वर्षको उमेरमा प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, सहकारीको समेत जिम्मेवारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३२ वर्षको उमेरमा प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, सहकारीको समेत जिम्मेवारी

काठमाडौं: बालेन्द्र शाहको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहप्रवक्ता प्रतिभा रावल ३२ वर्षको उमेरमा सामान्य प्रशासन मन्त्री तथा सहकारी मन्त्री समेत बन्नुभएको छ। 

३२ वर्षका प्रतिभालाई भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । निजामती ऐन पारित, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, तीन तहको सरकारबीच स्पष्ट कार्यविभाजन र प्रशासनिक सुधारका लागि ठोस कार्ययोजना अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। झण्डै एक लाख कर्मचारीको व्यवस्थापन र तीनै तहको सरकारबीचको समन्वयको जिम्मेवारी उहाँको काँधमा आएको छ । एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावल रास्वपाबाट समानुपातिक सांसद हुँदै मन्त्री बन्नुभएको छ । 

फागुन २१ गते सुदूरपश्चिम कन्चनपुरबाट निर्वाचन जितेकी प्रतिभा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको रुपमा चैत्र १३ गते शुक्रबार रामनवमीका दिन पदभार ग्रहण गर्नुभएको थियो । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य जिम्मेवारीमा कर्मचारी व्यवस्थापन र नियमन तथा स्थानीय सरकारहरुको समन्वय, सहजीकरण, अनुगमन र मूल्यांकन गर्नु  पर्नेछ । 

नेपालको संविधानले अंगीकार गरेको तीन खम्बे अर्थनीति (सार्वजनिक, निजी र सहकारी) अनुरूप सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा स्थापित गरिएको सन्दर्भमा, उक्त क्षेत्रको सुदृढीकरण, प्रवर्द्धन र प्रभावकारी व्यवस्थापनतर्फ सरकारको विशेष ध्यान जानुपर्ने छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप