भोलि २०८औं राईफाइसन डे मनाईदै, 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भोलि २०८औं राईफाइसन डे मनाईदै, 

काठमाडौं । फ्रेडरिच विल्हम राईफाइसन को २०८ औं जन्मजयन्ती मार्च ३०, २०२६ अर्थात चैत्र १६, भोली मनाईदैछ  । राईफाइसन सहकारी बैंकिङ (क्रेडिट युनियन) का अग्रणी हुन । यो दिनलाई सहकारी अभियानका अनुयायीहरुले विश्वव्यापी रुपमा योगदानको सम्मानमा मनाउने गर्दछन् ।  

फ्रेडरिच विल्हम राईफाइसनको जन्म सन १८१८ मार्च ३० मा जर्मनीको Hamm (Sieg) मा भएको थियो । विभिन्न समयमा विभिन्न गाउँको मेयर बनेका थिए सन १८४६-४७ मा जर्मनीमा भएको सुख्खा मौसमका कारण आएको आर्थिक मन्दिले मानिसहरुको जीवनमा ठूलो असर गर्यो, तत्कालिन साहुहरुको चर्को ब्याजबाट ग्रामीण किसानहरु मर्कामा परेका थिए । मेयरको रुपमा उनले भोकमरी पिडित किसानहरुलाई सहयोग गर्न खोजे तर च्यारिटी (दान) ले दीर्घकालिन समाधान नदिने उनको बुझाइ रह्यो । 

उनको सोच अनुसार व्यक्तिको विकास समुदायसँग जोडिएको हुन्छ । किसान, श्रमिक र साना व्यवसायीलाई सस्तो र सहज ऋण उपलब्ध गराउने मनसायले सन १८६४ मा Heddesdorf मा पहिलो Credit Cooperative स्थापना भयो, जसले आधुनिक Cooperative Banking को आधार तयार गर्यो । यस प्रणालीका मुख्य सिद्धान्तहरु Self-help, Self-governance, self-responsibility  थिए, जसले सदस्यहरुलाई आर्थिक विकासका लागि आँफैलाई जिम्मेवार बन्न प्रेरित गर्यो । उनले Die Darlehnskassen-Vereine नामक पुस्तक मार्फत आफ्ना विचारहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गरे । यसै गरि सन १८७२ मा जर्मनीको पहिलो रुरल सेन्ट्रल बैंक (Rheinische Landwirtschaftliche Genossenschaftsbank) स्थापना भयो ।  

Friedrich Wilhelm Raiffeisen ले Die Darlehnskassen-Vereine पुस्तकमा संस्था सञ्चालनको मार्गदर्शन दिएका छन् । सदस्यहरुमा Common bond हुनुपर्ने, सबैले बचत खाता खोल्नुपर्ने, उत्पादनमूलक ऋणलाई प्राथमिकतामा राख्नुपर्ने, संकटबाट जोगिन रिजर्भ कोष राख्नुपर्ने विषयहरुलाई FW Raifaissen ले प्राथमिकतामा राखे  । उनले बचत ऋण सहकारीमा सदस्यहरुलाई केन्द्रमा राख्न, वित्तीय पँहुच र वित्तीय समावेशितामा जोड दिन,  सदस्य र नेतृत्वमा स्वस् अनुशासनमा रहन प्रेरित गरिएको विषयहरु आज पनि उत्तिकै सान्दर्भिक र अनुसरणयोग्य छ । सदस्यहरुलाइ पैसामात्र दिएर हुँदैन सो को सही व्यवस्थापनको ज्ञान सीप पनि दिनुपर्दछ । 

FW Raifaissen Day को सन्दर्भ पारेर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले देशका विभिन्न स्थानमा कार्यशालाहरुको आयोजना गरेको छ । साथै आवद्ध संघ संस्थाहरुलाइ पनि FW Raifaissen का प्रेरणादायी भनाइहरुलाइ आत्मसात गर्न, छलफल गर्न, विभिन्न सूचना सामाग्रीहरु बनाएर सामाजिक सञ्जालमा राखि गौरवमय बनाउन अनुरोध गर्दछ ।  

International Raifaissen Day लाइ Cooperatives Build the Better World को मर्मसँग जोडन सकिन्छ । बचत तथा ऋण सहकारीले आधुनिक प्रविधिसँगै अन्तर्मनमा सहकारीका मूल्य मान्यता र सिद्धान्तहरुलाइ आत्मसात गर्दै अघि बढेमा सहकारीमार्फत समृद्धी सम्भव छ ।  
 
भर्खरै
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 

२ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

२ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

२ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

४ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

४ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

५ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

५ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

४ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

४ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

२ दिन अगाडि

Notice
Notice

१३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२८ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२६ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

२ दिन अगाडि

पाठकबाट थप