लमजुङ । लमजुङ सदस्य सेवा कार्यालयको आयोजनामा बजार प्रतिनिधिहरुको लागि क्षमता विकास तालिम चैत्र १४ गते सम्पन्न भएको छ ।
२४ ओटा साकोसबाट ३२ जनाको सहभागिता रहेको तालिममा बजार प्रतिनिधिको बोली, व्यवहार र बचनले संस्थाको छवि झल्काउनु पर्ने दायित्व बजार प्रतिनिधिको भएकोले यो तालिमले उक्त अभाव पूर्ति गर्ने विश्वास सहभागी बक्ताहरुले व्यक्त गर्नु भएको थियो । बजार प्रतिनिधि बजार र संस्थालाई जोड्ने पुलको रुपमा काम गर्ने भूमिकामा भएकोले उसको क्षमता विकासले संस्थागत विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
चैत्र १३ गतेदेखि सञ्चालनमा रहेको दुई दिवसीय तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । तालिमको व्यवस्थापन लमजुङ सदस्य सेवा कार्यालयका व्यवसाय सहायक सन्देश घिमिरेले गर्नुभएको थियो ।
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि