कास्की । हितैषी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा महानगरपालिका १८, नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत सुपरिवेक्षण बैशाख ४ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाएको हो ।
संस्थाको स्तरीकरणका लागि बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।
नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का र अनुगमन सहजकर्ता दिनेश थापाद्धारा स्थलगत रुपमा दिएको सुझाबलाई सुधारउन्मुख हुदै जाने प्रतिबद्धता व्यक्त भएको छ ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि