बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

बैतडी । दशरथचन्द न.पा. ४ शाहीलेख स्थित जगन्ननाथ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान)  अन्तर्गत वैशाख ०४ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ । 

नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालयका ब्यवसाय अधिकृत पवनजंग मल्लद्धारा भएको सुपरिवेक्षणमा जगन्नाथ महिला साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालनाको अवस्थाबारे विश्लेषण भएको थियो । सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।

सुपरीवेक्षण पछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालयका ब्यवसाय अधिकृत पवनजंग मल्लले संस्थाका सबल पक्षहरू र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । उहाँले पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

साकोसका सञ्चालक समिति र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने र सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न  साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता अध्यक्ष नन्दा देवि पालले व्यक्त गर्नुभएको छ । 
        
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप