मणिपुर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मणिपुर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

बत्तिसपुतली, काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को स्क्यान कार्यक्रम अन्तर्गत बत्तिसपुतली स्थित मणिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण वैशाख ०९ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघसंस्थाहरुको लागि स्क्यान कार्यक्रम सञ्चालनमा ल्याई स्थलगत सुपरीवेक्षण कार्यलाई निरन्तररूपमा अघि बढाइरहेको छ ।

स्थलगत सुपरिवेक्षणको क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू ः आन्तरिक कार्यविधि अध्यावधिक, सदस्यमैत्री उत्पादनका सेवाहरु, आवधिक योजना, सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रर्याप्तता अनुपात, सुचना प्रविधि व्यवस्थापन, वित्तीय श्रोत प्राप्ती र परिचालन, सेवा कार्यालय सञ्चालन व्यवस्थापन लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो । साकोसको कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, सञ्चालन तथा सुशासन सम्बन्धी जोखिम, प्रविधि जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो भने बैशाख ०९ गते स्थलगत सुपरिवेक्षण प्रतिवेदन सम्बन्धमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति समक्ष एक कार्यक्रमविच छलफल गरिएको थियो ।

नेफ्स्कूनका अनुगमन अधिकृत सन्दिप राज ढकाल र अनुगमन सहायक उत्सव भट्टद्धारा भएको सुपरिवेक्षणमा समिति र व्यवस्थापनको सहभागीतामा सुधारात्मक विषयहरु सहितको प्रतिवेदन पेश भएको थियो भने छलफल बैठकमा समिति र व्यवस्थापनद्धारा सुधार योजना तय गरी यथासम्भव सुझाव कार्यान्वयन गर्ने संस्थाका अध्यक्ष विमल कुमार निरौलाको प्रतिवद्धता सहित स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

भर्खरै
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 

२ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

४ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

५ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

४ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

४ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

२ दिन अगाडि

Notice
Notice

१३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२९ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३७ दिन अगाडि

पाठकबाट थप