समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ऋण नतिर्ने सञ्चालक, सदस्य, व्यवस्थापक र ऋणीहरूलाई १५ दिनभित्र ऋण तिर्न सूचना जारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समितिले मंगलबार सूचना प्रकाशित गर्दै पटक–पटक जानकारी गराउँदा पनि ऋण नतिर्नेहरूलाई अन्तिम अवसर दिइएको जनाएको हो ।

सूचनाअनुसार सम्बन्धित सहकारीका सञ्चालक, सदस्य, कर्मचारी तथा ऋणीहरूले सावाँ, ब्याज र जरिवानासहितको रकम समितिको कार्यालय, बबरमहल, काठमाडौंमा बुझाउनुपर्नेछ ।

समितिले तोकिएको १५ दिनभित्र ऋण नतिरेमा कडा कारबाही गरिने चेतावनी दिएको छ । त्यस्तो अवस्थामा ऋणीहरूको नाम सार्वजनिक गरिने, धितो तथा सम्पत्ति लिलामी प्रक्रिया अघि बढाइने तथा सार्वजनिक सेवा सुविधामा समेत रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गरिने उल्लेख छ ।

२० वटा समस्याग्रस्त सहकारी संस्थाहरूको नाम र घोषणा मिति समेत सार्वजनिक गरिएको छ । समितिले सहकारी ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप