वारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वाराको स्थलगत सुपरिवेक्षण वैशाख ९ गते सम्पन्न गरेको छ।
संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको हो ।
सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षण, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।
नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश वराल, संस्थाका सञ्चालक समितिका कार्य बाहाक अध्यक्ष, सचिव , कोषाध्यक्ष , सहसचिव, लेखा सुपरिवेक्षण समिति संयोजक, सदस्य , संचालक सदस्य, व्यवस्थापक लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७५ दिन अगाडि
७४ दिन अगाडि
४८ दिन अगाडि