लमजुङमा सदस्यहरुमा सहकारीता संस्कारको आत्मा समिक्षा अनुशिक्षण (सहकारी एकाह) सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङमा सदस्यहरुमा सहकारीता संस्कारको आत्मा समिक्षा अनुशिक्षण (सहकारी एकाह) सम्पन्न

लमजुङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा भोटेओडार, लमजुङस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुन्दरबजार, लमजुङस्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजनामा वैशाख १२ र १३ गते सदस्य अभिमुखीकरण सम्पन्न भएको छ ।

वैशाख १२ र १३ गते सञ्चालन गरिएको उक्त अभिमूखीकरणमा सहकारीका सात सिद्धान्त, बचत तथा ऋण सहकारीका सिद्धान्त, सहकारीका मूल्य र मान्यतालाई आत्मासाथ गराउँने अभ्यासमा यस तालिम केन्द्रित गरिएको थियो ।

सहकारी अभ्यासलाई यथार्थपरक, वस्तुपरक र अनुभूतिमा आधारित विषयमा विशेष जोड दिइएको थियो। यस क्रममा सहकारीका सदस्यहरुको सहकारिताको सँस्कारमा सादगिता, सामाजिक परम्परा तथा सहकारीको नियम अनुपालना साथै सदस्यहरूलाई आत्मनिर्भर बनाउन सहकारीको भूमिकाबारे अनुशिक्षित गरिएको थियो ।

सम्मानित जीवनयापन गर्दै बचत गर्ने संस्कार विकास गर्ने, परनिर्भरताबाट आत्मनिर्भरतातर्फ केन्द्रितका लागि उद्यमशील अभ्यासमा उन्मुख हुने, सहकारीमार्फत आयआर्जन वृद्धि, स्थानीय तहमा स्वरोजगार सिर्जना गरी सदस्य सदस्य विच पारस्परिक भावनाको जागरुक हुने सन्दर्भमा यस अनुशिक्षण केन्द्रित थियो । यस अनुशिक्षणले सहकारीको वेतिथिलाई छोई भावी सहकारिताको अभ्यासमा पालना गर्नुपर्ने सहकारी सँस्कारलाई उजागर गरिएको, सहकारीमा सदस्यहरुले पालना गर्नुपर्ने कानूनी अभ्यास र सहकारीको मुल्य मान्यताको आफैमा मानव चित्रणको कुशल अभ्यास गरिनुपर्ने, सहकारी आफैमा मंन्दिर, सञ्चालकहरु पुजारी र सदस्यहरु भक्तजन भएको हुँदा सहकारिताको अभ्यासबाट सहकारी तिर्थाटनको रुपमा विकास गर्न सकिने सँस्कार विकासमा जोड थियो । यस अनुशिक्षणमा नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले सहजीकरण गर्नु भएको थियो भने सिर्जनात्मक साकोसबाट अध्यक्ष रामजी कडेल र एभरेष्ट साकोसबाट रामवाबु श्रेष्ठले संयोजन गर्नु भएको थियो ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

५९ दिन अगाडि

पाठकबाट थप