मंगल विनायक साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मंगल विनायक साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

बुद्धनगर, काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा मंगल विनायक बचत तथा ऋण सहकारी संस्था लि. स्क्यान कार्यक्रम अन्तर्गतको स्थलगत सुपरिवेक्षण वैशाख १५ गते सम्पन्न भएको छ ।

संघले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ/संस्थाहरुको लागि स्क्यान कार्यक्रम सञ्चालनमा ल्याई स्थलगत सुपरीवेक्षण कार्यलाई निरन्तर रूपमा अघि बढाइरहेको छ ।

स्थलगत सुपरिवेक्षणको क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू ः आन्तरिक कार्यविधि अध्यावधिक, सदस्यमैत्री उत्पादनका सेवाहरु, आवधिक योजना, सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रर्याप्तता अनुपात, सुचना प्रविधि व्यवस्थापन, वित्तीय श्रोत प्राप्ती र परिचालन, सेवा कार्यालय सञ्चालन व्यवस्थापन लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो । साकोसको कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, सञ्चालन तथा सुशासन सम्बन्धी जोखिम, प्रविधि जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो  ।

नेफ्स्कूनका अनुगमन अधिकृत सन्दिप राज ढकालद्धारा भएको सुपरिवेक्षणमा समिति र व्यवस्थापनको सहभागीतामा सुधारात्मक विषयहरु सहितको प्रतिवेदन पेश भएको थियो भने छलफल बैठकमा समिति र व्यवस्थापनद्धारा सुधार योजना तय गरी यथासम्भव सुझाव कार्यान्वयन गर्ने संस्थाका व्यवस्थापक मनोज राजभण्डारीको प्रतिवद्धता सहित स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ।

भर्खरै
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

२ दिन अगाडि

ज्योती महिला विकास साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

म्याग्दी स्थित धौलागिरि साकोसमा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

३ दिन अगाडि

एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड

नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

६ दिन अगाडि

लोकप्रिय
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

२ दिन अगाडि

तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

६ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१० दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

९ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२० दिन अगाडि

पाठकबाट थप