नेफ्स्कूनद्वारा स्क्यान अभिमुखीकरण कार्यक्रम पोखरामा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा स्क्यान अभिमुखीकरण कार्यक्रम पोखरामा

पोखरा । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि.(नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा पोखरामा एक दिने स्क्यान अभिमुखिकरण तथा व्यवसाय प्रर्वद्धन कार्यक्रम वैशाख २८ गते सम्पन्न भएको छ ।

सहकारी ऐन २०७४ को दफा २५, ९९ र १०३ अनुसार सहकारी संस्थाहरूमा नियमित निरीक्षण तथा अनुगमन गर्नु पर्ने कानुनी व्यवस्थालाई व्यवहारमा उतार्ने उद्देश्यले सुरु गरिएको स्क्यान कार्यक्रम नेफ्स्कूनको ३८औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले स्क्यान कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै स्क्यान कार्यक्रमको मूल उद्देश्य सहकारी संस्थाहरूको आन्तरिक सुधार र जोखिम न्यूनिकरण, स्क्यान कार्यक्रम अन्तर्गत जोखिम मूल्यांकन, व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा एक्सेस, प्रोबेसन र कब्र्स स्तरीकरण मापदण्ड अपनाइएको उल्लेख गर्नुभयो । नेफस्कूनले आफ्ना सदस्य संघ संस्थाहरूको कमजोरी पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्न यो कार्यक्रम एक महत्वपूर्ण उपकरणको रूपमा प्रयोग हुने,  स्क्यानमार्फत स्वनियमन, सक्षमता अभिवृद्धि, व्यवस्थापकीय दक्षता विकास र दीगो सहकारी प्रणाली निर्माणमा टेवा पुग्ने बताउनु भएको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदण्ड अध्यादेशमा व्यवस्था भएका मुख्य विषयवस्तुमा प्रस्ट पार्दै स्क्यान कार्यक्रममा जोडिन समेत आग्रह गर्नु भएको थियो नियमित बचत तथा ऋणका सेवाहरुको उपभोगका लागि अनुरोध संघका व्यवसाय अधिकृत सुरज चालिसेले गर्नुभएको थियो ।

कार्यक्रममा कास्की जिल्लाका संस्थाका सञ्चालक समिति, व्यवस्थापक,  व्यवस्थापन तथा कर्मचारीहरु गरि २८ जनाको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप