भक्तपुर स्थित चन्द्र सुर्य साकोसमा स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर स्थित चन्द्र सुर्य साकोसमा स्थलगत सुपरिवेक्षण

भक्तपुर । मध्यपुर थिमि ५, भक्तपुर स्थित चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा सहकारी क्षेत्रको सुशासन, सदस्यको बचत सुरक्षा तथा वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम ‘स्क्यान’ अन्तर्गत वैशाख ३० गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरिएको छ ।

सुपरीवेक्षण कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे तथा अनुगमन सहजकर्ता राजेश सापकोटा को सहभागिता रहेको थियो ।

सुपरीवेक्षणका क्रममा संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, कानुनी पालना तथा आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताबारे विस्तृत अध्ययन गरिएको थियो । विशेषगरी डिजिटल सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था, गो.एम.एल.मार्फत सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारिता, सम्पत्ति तथा दायित्व व्यवस्थापनको वैज्ञानिक विश्लेषणमार्फत वित्तीय सन्तुलन, साथै सदस्य केन्द्रित सेवाअन्तर्गत साधारण सभाको गुणस्तर र कार्यालय व्यवस्थापनको आधुनिक स्वरूपबारे मूल्याङ्कन गरिएको थियो ।

सुपरीवेक्षण पश्चात आयोजित रणनीतिक छलफल कार्यक्रममा कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरू प्रस्तुत गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रहरूबारे सुझाव दिनुभएको थियो । उहाँले पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा चन्द्र सुर्य साकोसका सञ्चालक समिति तथा व्यवस्थापन टोलीले प्राप्त सुझावहरूको आधारमा तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त  भएको संघका कार्यक्रम अधिकृत सुमन घिमिरेले साकोस आवाजलाई बताउनुभयो  ।

सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न संस्थाले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस प्रकारको पहलले समग्र सहकारी अभियानमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप