सिन्धुलीमा सहकारी सदस्यहरुका लागि बचत खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सहकारी सदस्यहरुका लागि बचत खेल तालिम सञ्चालन

सिन्धुली । कमलामाई नगरपालिका भित्र सञ्चालित सहकारी संस्थाका प्रतिनिधिहरुका लागि दुई दिवसीय बचत खेल तालिम प्रदान गरिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र कमलामाई नगरपालिकाको समन्वयमा नेफ्स्कून आधारशिला कार्यक्रम अन्तर्गत सहकारीका सदस्यहरुका लागि उक्त तालिम सञ्चालन गरिएको हो । कमलामाई नगरपालिकाका कार्य वाहक नगर प्रमुख मञ्जु देवकोटाले तालिमको व्यानर पढेर औपचारिक उद्घाटन गर्नुभएको थियो । तालिम सफलताको शुभकामना दिँदै का.वा. नगर प्रमुख देवकोटाले नेफ्स्कूनसँगको सहकार्यमा पालिकाले सहकारीको विकास र प्रवर्द्धनका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो । उहाँले पालिकाले सहकारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रकारका तालिम तथा शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिरहेको, दश बर्षै सहकारी रणनीति निर्माण गरेको, सहकारीहरुलाई सशक्त, क्षमतावान र वृहत उद्देश्य र सेवा विस्तार गर्न सक्ने बनाउनका लागि सहकारी एकीकरण अभियानमा तीब्रतर रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी सञ्चालन र स्तरोन्नतीका लागि कहि कतै समस्या छन् भने हामीलाई खुलस्त भन्नुहोस्, पालिकाको सहकारी शाखाले तपाईंहरुका यावद् समस्या तत्काल समाधानका लागि कटिबद्ध रुपमा काम गरिरहेको छ ।”

विशेष अतिथि, पालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण नीधि तिवारीले तालिम सफलताको शुभकामना व्यक्त गर्दै सहकारीलाई चुस्त, दुरुस्त बनाउँदै सञ्चालन प्रभावकारितामा जोड दिन समयानुकुल तालिम तथा शिक्षाका कार्यक्रम अत्यन्त उपयोगी हुनेहुँदा पालिकाले नियमित रुपमा यस्ता कार्यक्रमहरुलाई प्राथमिकता राख्दै आईरहेको बताउनुभयो । उहाँले पालिकाको तर्फबाट तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिमबाट सिकेको ज्ञान सीप व्यवहारमा प्रयोगमा ल्याउन र सहकारी मार्फत सदस्यहरुको समृद्धिलाई विशेष महत्व दिन अनुरोध गर्नुभयो । 

पालिकाका भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख मुकेश तामाङले तालिमको उद्देश्य तथा महत्वमाथि प्रकाश पार्दै राज्यले जारी गरेको सहकारी अध्यादेशबारे जानकार रहन समेत सवैलाई अनुरोध गर्नुभयो । सहकारी वास्तवमै सदस्यको समृद्धिसँग जोडिएको प्रमुख पाटो भएको औल्याउँदै सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना उँचो भएको विषयलाई उहाँले प्रष्ट पार्नुभयो । साथै यस आर्थिक वर्षभित्र १० वटा सहकारी संस्थालाई एकीकरणमा लैजाने पालिकाको नीति बमोजिम कार्यप्रक्रिया शुरु भएको अवगत गराउँदै अबको १५ दिनभित्र एकीकरणको कार्य सम्पन्न गर्न समेत सम्बन्धित सहकारी संस्थाहरुलाई आव्हान गर्नुभयो । 

वैशाख ३० र ३१ गते सञ्चालन हुने उक्त तालिममा सबै प्रकृतिका सहकारीबाट  गरी ३० जनाको सहभागिता रहेको छ । जर्मन स्पार्कसेन्स्स्टेफ्टुङ्ग (German Sparkassenstiftung) को प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिम सिमुलेशन खेल विधिमा आधारित छ ।   

बचत खेल तालिमको मुख्य उद्देश्य सदस्यहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै जीवनमा आम्दानी र खर्चको प्रभावकारी व्यवस्थापन, आवश्यकता र चाहानाको पहिचान सहित खर्चको प्राथमिकीकरण, पारिवारी बजेट निर्माण, गुणस्तरयुक्त जीवन निर्माणका आधार लगायतका विविधि विषयहरुमा अन्तनिहित महशुसीकरण गराउनु हो । बचत खेल तालिम एक नविन अभ्यासात्मक पद्धति हो, जसअन्तर्गत सहभागीहरुले खेल माध्यमबाट वित्तीय निर्णय, जोखिम मूल्याङ्कन, बजेट निर्माण, बचत रणनीति, ऋण व्यवस्थापन लगायतका विषयहरुमा ज्ञान हासिल गर्न सक्नेछन् । 

तालिमको औपचारिक सत्रमा पालिकाका जेष्ठ नागरिक, महिला तथा बालिबालिका शाखाका प्रमुख इन्दिरा थापाको समेत आतिथ्यता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय श्याम राजा तिमल्सिना  र राधा पौडेलले गर्नुभएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप