रुपन्देही मर्चवार क्षेत्रका सहकारीहरुलाई नेफ्स्कून केन्द्रीय सञ्जालमा आवद्ध हुन अध्यक्ष चन्द्र प्रसाद ढकालको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देही मर्चवार क्षेत्रका सहकारीहरुलाई नेफ्स्कून केन्द्रीय सञ्जालमा आवद्ध हुन अध्यक्ष चन्द्र प्रसाद ढकालको आग्रह

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल ले रुपन्देहीको मर्चवार क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरूलाई नेफ्स्कूनमा आबद्ध भई एकीकृत सहकारी अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

मर्चवार क्षेत्रअन्तर्गत पर्ने तीनवटा पालिकामा सञ्चालित २० वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, उच्च व्यवस्थापन तथा कर्मचारीहरूसँग वैशाख २९ गते गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. को भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष ढकालले सहकारी अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्दै बचत तथा ऋण सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी संस्था केवल वित्तीय कारोबार गर्ने माध्यम मात्र नभई समुदायको आर्थिक, सामाजिक तथा नैतिक रूपान्तरणको आधार भएको उल्लेख गर्नुभयो ।

नेफ्स्कूनमार्फत सहकारी संस्थाहरूलाई क्षमता विकास, तालिम, अनुगमन, स्वनियमन, प्रविधिमैत्री व्यवस्थापन तथा वित्तीय सुदृढीकरणका अवसरसँग जोडिने सहकार्य, क्षमता विकास र सदस्यको आर्थिक सशक्तीकरण नै नेफ्स्कूनको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । 

अन्तरक्रियामा सहकारीहरूको वर्तमान अवस्था, चुनौती, नियामकीय व्यवस्था, सदस्य शिक्षा, कर्जा व्यवस्थापन तथा प्रविधि प्रयोगका विषयमा छलफल भएको थियो । सीमावर्ती क्षेत्रमा रहेका सहकारी संस्थाहरूमा सुशासन, स्वनियमन, पारदर्शिता र संस्थागत दिगोपनाको अभ्यासलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

कार्यक्रममा सहभागी सञ्चालक तथा कर्मचारीहरूले स्थानीय स्तरमा सहकारी अभियानलाई अझ प्रभावकारी, विश्वसनीय र सदस्यकेन्द्रित बनाउँदै आर्थिक तथा सामाजिक उत्थानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । साथै सहकारी संस्थाबीच आपसी सहकार्य, नेटवर्क विस्तार तथा साझा समस्याको सामूहिक समाधानका विषयमा समेत छलफल भएको थियो ।

भौगोलिक रूपमा संवेदनशील तथा आर्थिक रूपमा सक्रिय मर्चवार क्षेत्रमा सहकारी अभियानलाई संगठित, अनुशासित र उत्तरदायी बनाउने उद्देश्यसहित नेफ्स्कूनको नेतृत्वलाई स्थानीय सहकारीकर्मीहरूले सकारात्मक रूपमा लिएका छन् ।

उक्त छलफलमा जिल्ला सहकारी संघका महासचिव दामोदर पङेनीले संयोजन गर्नुभएको थियो।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप