रुपन्देही मर्चवार क्षेत्रका सहकारीहरुलाई नेफ्स्कून केन्द्रीय सञ्जालमा आवद्ध हुन अध्यक्ष चन्द्र प्रसाद ढकालको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देही मर्चवार क्षेत्रका सहकारीहरुलाई नेफ्स्कून केन्द्रीय सञ्जालमा आवद्ध हुन अध्यक्ष चन्द्र प्रसाद ढकालको आग्रह

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल ले रुपन्देहीको मर्चवार क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरूलाई नेफ्स्कूनमा आबद्ध भई एकीकृत सहकारी अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

मर्चवार क्षेत्रअन्तर्गत पर्ने तीनवटा पालिकामा सञ्चालित २० वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, उच्च व्यवस्थापन तथा कर्मचारीहरूसँग वैशाख २९ गते गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. को भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष ढकालले सहकारी अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्दै बचत तथा ऋण सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी संस्था केवल वित्तीय कारोबार गर्ने माध्यम मात्र नभई समुदायको आर्थिक, सामाजिक तथा नैतिक रूपान्तरणको आधार भएको उल्लेख गर्नुभयो ।

नेफ्स्कूनमार्फत सहकारी संस्थाहरूलाई क्षमता विकास, तालिम, अनुगमन, स्वनियमन, प्रविधिमैत्री व्यवस्थापन तथा वित्तीय सुदृढीकरणका अवसरसँग जोडिने सहकार्य, क्षमता विकास र सदस्यको आर्थिक सशक्तीकरण नै नेफ्स्कूनको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । 

अन्तरक्रियामा सहकारीहरूको वर्तमान अवस्था, चुनौती, नियामकीय व्यवस्था, सदस्य शिक्षा, कर्जा व्यवस्थापन तथा प्रविधि प्रयोगका विषयमा छलफल भएको थियो । सीमावर्ती क्षेत्रमा रहेका सहकारी संस्थाहरूमा सुशासन, स्वनियमन, पारदर्शिता र संस्थागत दिगोपनाको अभ्यासलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

कार्यक्रममा सहभागी सञ्चालक तथा कर्मचारीहरूले स्थानीय स्तरमा सहकारी अभियानलाई अझ प्रभावकारी, विश्वसनीय र सदस्यकेन्द्रित बनाउँदै आर्थिक तथा सामाजिक उत्थानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । साथै सहकारी संस्थाबीच आपसी सहकार्य, नेटवर्क विस्तार तथा साझा समस्याको सामूहिक समाधानका विषयमा समेत छलफल भएको थियो ।

भौगोलिक रूपमा संवेदनशील तथा आर्थिक रूपमा सक्रिय मर्चवार क्षेत्रमा सहकारी अभियानलाई संगठित, अनुशासित र उत्तरदायी बनाउने उद्देश्यसहित नेफ्स्कूनको नेतृत्वलाई स्थानीय सहकारीकर्मीहरूले सकारात्मक रूपमा लिएका छन् ।

उक्त छलफलमा जिल्ला सहकारी संघका महासचिव दामोदर पङेनीले संयोजन गर्नुभएको थियो।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप