ऋणको कानुनी प्रक्रिया तथा लिलामी कार्यविधि सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋणको कानुनी प्रक्रिया तथा लिलामी कार्यविधि सम्बन्धी तालिम सम्पन्न

पोखरा— नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा दुई दिने “ऋणको कानुनी प्रक्रिया तथा लिलामी कार्यविधि” सम्बन्धी तालिम वैशाख ३० गते पोखरास्थित दिप सागर होटल मा सम्पन्न भएको छ ।

वैशाख २९ र ३० गते सञ्चालन भएको उक्त तालिममा विभिन्न साकोसका सञ्चालक, ऋण उपसमिति संयोजक तथा सदस्य, व्यवस्थापक र कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको थियो ।

तालिमको अध्यक्षता नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य रुद्रनाथ पौडेल ले गर्नुभएको थियो । उहाँले तालिमको औचित्यमाथि प्रकाश पार्दै सहकारी संस्थाहरूलाई समयसापेक्ष निःशुल्क तथा शुल्कसहितका तालिमहरू प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । साथै, सुरक्षित ऋण लगानी, सुशासन, ऐन–नियमको पालना तथा धितो लिलामी प्रक्रियामा आवश्यक नीति निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिन समेत आग्रह गर्नुभयो ।

दुई दिने तालिमको सहजीकरण संघका अधिकृत रविन्द्र श्रेष्ठ ले गर्नुभएको थियो । उहाँले ऋण लगानी प्रक्रिया, कानुनी पक्ष, जिम्मेवारी तथा धितो लिलामीसम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिनुभएको थियो । साथै, कार्यविधि निर्माण सम्बन्धी सामूहिक अभ्याससमेत गराइएको थियो ।

समापन कार्यक्रममा नेफ्स्कून सञ्चालक तथा पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरी ले संस्थागत नीतिगत सुधार, सुरक्षित कारोबार र प्रविधिमैत्री व्यवस्थापनमा जोड दिनुभयो । साथै, संघका बचत तथा ऋण कार्यक्रम तथा स्क्यान कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।

तालिम अवधिमा संस्थामा धितो लगानी तथा असुलीका क्रममा देखिएका समस्या र समाधानका विषयमा वरिष्ठ अधिवक्ता विदुर प्रसाद ढुङ्गाना, अधिवक्ता नवराज ढकाल र रोशन भट्टराई ले अन्तरक्रियात्मक छलफल सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसे ले राख्नुभएको थियो भने सञ्चालन सहायक सकिला लम्साल ले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन पोखरा सदस्य सेवा कार्यालयले गरेको थियो ।

सहभागीहरूले तालिम अत्यन्त उपयोगी र समयसापेक्ष भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले ऋण लगानीकै चरणदेखि कानुनसम्मत कागजात र प्रक्रियामा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप