नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट सहकारीको संस्थागत सुशासनमा टेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट सहकारीको संस्थागत सुशासनमा टेवा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत सक्षम सञ्जाल बचत तथा ऋण सहकारी संस्था लि. को नियमित निरीक्षण तथा स्थलगत सुपरिवेक्षण वैशाख ३० गते सम्पन्न भएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय स्वस्थता, नीति निर्माण तथा कार्यान्वयनको अवस्था, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरूको परीक्षण गरिएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार कार्की ले नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा विगतदेखि नै आबद्ध हुँदै आएको र हाल स्क्यान कार्यक्रम अन्तर्गत हुने नियमित सुपरिवेक्षणले संस्थाको वित्तीय स्वस्थता अभिवृद्धि, जोखिम न्यूनीकरण, आन्तरिक सुदृढीकरण तथा व्यवसायिकता विकासमा सहयोग पुगेको बताउनुभयो ।

स्थलगत सुपरिवेक्षणका क्रममा साकोसका प्रवन्धक सन्तोष श्रेष्ठ ले यस कार्यक्रमले संस्थाको सुशासन कायम गर्न तथा सदस्यहरूको विश्वास र संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै निरन्तर मार्गदर्शनको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

संस्थाका सचिव तथा कार्यदल संयोजक पुष्पराज भण्डारी ले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्दै संस्थाको निरन्तर विकासमा सञ्चालक समिति र व्यवस्थापन सदैव सक्रिय रहने बताउनुभएको थियो । स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण नेफ्स्कूनका अधिकृत दीपक अर्याल र सोविता मैनाली ले गर्नुभएको थियो 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप