एशियाली ऋण महासंघको भ्रमण, मध्य नेपाल साकोसमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघको भ्रमण, मध्य नेपाल साकोसमा

नवलपरासी । एशियाली ऋण महासंघ (अकु) का वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची नेतृत्वको टोलीले जेठ २ गते नवलपरासी प्रगतिनगर स्थित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को समन्वयमा नेपाल भ्रमणमा रहनुभएका हेटियाराच्ची नेतृत्वको टोलीले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाको कार्यप्रणाली, सदस्य सेवा प्रणाली, वित्तीय व्यवस्थापन तथा ग्रामीण वित्तीय अभ्यासहरूको अध्ययन गरेको हो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेको उपस्थितिमा मध्य नेपाल साकोसका अध्यक्ष तुलमणी पौडेल,उपाध्यक्ष प्रेमा कुमारी खनाल, कोषाध्यक्ष जगनाथ अर्याल साकोसका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुषाल, सहायक प्रमुख कार्यकारी अधिकृत उमापति भट्टराई तथा साकोसका उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा एक्सेस ब्राण्डको अडिट सम्पन्न गर्दै,संस्थालाई  अझ सबल र सक्षम भएर अगाडि बढाउन अधिकृत रञ्जिथ हेटियाराच्चीले प्रेरित गर्नुभएको थियो । 

साकोसले समुदायस्तरमा पु¥याउँदै आएको वित्तीय पहुँच, सदस्य सहभागिता र संस्थागत सुशासनको प्रशंसा गर्दै यस्ता अभ्यासले नेपाली सहकारी अभियानलाई थप मजबुत बनाउन योगदान पुग्ने धारणा रञ्जिथ हेटियाराच्चीले व्यक्त गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप