एशियाली ऋण महासंघको उत्प्रेरणा भ्रमण, किसान साकोसमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघको उत्प्रेरणा भ्रमण, किसान साकोसमा

नवलपरासी । एशियाली ऋण महासंघ (अकु) का वरिष्ठ प्राविधिक अधिकृत रञ्जित हेटियाराच्ची नेतृत्वको टोलीले जेठ २ गते नवलपरासी, गैँडाकोटस्थित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एशियाली ऋण महासंघ (अकु) का वरिष्ठ प्राविधिक अधिकृत रञ्जित हेटियाराच्ची, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेलाई संस्थाको केन्द्रीय कार्यालयमा अध्यक्ष भोजराज पौडेल, उपाध्यक्ष सिआर कंडेल, सचिव सरस्वती कंडेल, सञ्चालक सदस्य पार्वती कुमारी बराल, सञ्चालक सदस्य दुर्गादेवी कंडेल सापकोटा लगायत सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिना तथा उच्च व्यवस्थापनका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा किसान साकोसको संस्थागत परिचय प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले प्रस्तुत गर्नुभएको थियो । ऐतिहासिक रूपमा तत्कालीन नवलपरासी जिल्लामा सहकारीको पहिलो भवन (विजयनगर सेवा केन्द्र) स्थापना भएको स्मरण गर्दै साकोसले गरेको प्रगति र समुदायमा कायम गरेको विश्वासप्रति बधाई दिँदै सबै सदस्यहरूलाई थप एकजुट भएर अघि बढ्न उत्प्रेरणा दिनुभयो ।

संस्थाका अध्यक्ष भोजराज पौडेलले साकोसको उत्प्रेरणा भ्रमणमा आउनुभएकोमा धन्यवाद व्यक्त गर्दै सहकारी सिकाइ र समझदारीमा रञ्जित हेटियाराच्चीको उच्च योगदानको स्मरण गर्नुभएको थियो । छलफलका क्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ल्याएका मापदण्ड र संस्थालाई पारेका सहजता तथा असहजताका विषयमा समेत छलफल भएको थियो ।

एशियाली ऋण महासंघ (अकु) का वरिष्ठ प्राविधिक अधिकृत रञ्जित हेटियाराच्चीले किसान साकोसले समुदायमा विश्वास कायम गर्दै सहकारी क्षेत्रको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले संस्थाले सदस्यकेन्द्रित सेवा, सुशासन र दिगो विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र उदाहरणीय सहकारी संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । साथै, सहकारीका मूल्य र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यहरूबीचको एकता र सहभागिता अझ सुदृढ बनाउन आग्रह गर्दै संस्थाको थप प्रगति तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप