“सदस्यकेन्द्रित सहकारी नै दिगो र सफल बन्छ : रञ्जिथ हेटियाराच्ची”
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“सदस्यकेन्द्रित सहकारी नै दिगो र सफल बन्छ : रञ्जिथ हेटियाराच्ची”

नवलपरासी  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल को नेतृत्वमा एशियाली ऋण महासंघ (अकु) का वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले द्धारा जेठ २ गते हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. को अवलोकन गरिएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार, सञ्चालक समिति अध्यक्ष विष्णुप्रसाद बराल, लेखा समिति संयोजक माधवप्रसाद अधिकारी लगायत सचिव, कोषाध्यक्ष, सदस्य तथा व्यवस्थापक सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा रञ्जिथ हेटियाराच्ची ले सहकारी संस्थाको दिगोपना र सफलताको आधार सदस्यकेन्द्रित कार्यप्रणाली भएको उल्लेख गर्दै संस्था तथा सञ्चालकहरूले सदस्यहरूको आवश्यकता, उद्देश्य र अपेक्षालाई केन्द्रमा राखी स्पष्ट कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्य गर्न सके संस्था अझ सबल, विश्वसनीय र दीर्घकालीन रूपमा दिगो बन्ने बताउनुभयो । उहाँले सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानलाई प्राथमिकतामा राखेर सञ्चालन गरिने कार्यक्रमहरूले संस्थाप्रति सदस्यहरूको विश्वास र सहभागिता अझ मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सहकारीको सफल सञ्चालनका लागि सञ्चालकहरूको दूरदर्शी सोच, पारदर्शी नेतृत्व र उत्तरदायी कार्यशैली आवश्यक रहने उल्लेख गर्दै योजनाबद्ध र परिणाममुखी कार्यसम्पादनले मात्र संस्थाको विकास सम्भव हुने बताउनुभयो । साथै, सदस्यहितलाई केन्द्रमा राखेर गरिएको कार्यले सञ्चालकहरूको कुशल नेतृत्व क्षमता, संस्थाप्रतिको प्रतिबद्धता तथा व्यवस्थापन दक्षता समेत पुष्टि हुने धारणा व्यक्त गर्नुभयो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप