एशियाली ऋण महासंघका वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची विकू साकोसमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघका वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची विकू साकोसमा

गैँडाकोट । एशियाली ऋण महासंघ (अकु) का वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची नेतृत्वको टोलीले जेठ २ गते गैँडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को समन्वयमा नेपाल भ्रमणमा रहनुभएका हेटियाराच्ची नेतृत्वको टोलीले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाको कार्यप्रणाली, सदस्य सेवा प्रणाली, वित्तीय व्यवस्थापन तथा ग्रामीण वित्तीय अभ्यासहरूको अध्ययन गरेको हो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेको उपस्थिति विकू साकोसका अध्यक्ष प्रेम प्रसाद सापकोटा, उपाध्यक्ष कालीदास पौडेल, कोषाध्यक्ष पुष्पराज वराल, सचिव गोविन्द कंडेल, सहसचिव लक्ष्मण शर्मा, प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, साकोसका पूर्व अध्यक्ष तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । 

अन्तरक्रियाका क्रममा रञ्जिथ हेटियाराच्ची ले सहकारीका सदस्यहरू भगवान सरह भएकाले सहकारीले सधैँ सदस्यहरूको हितका लागि काम गर्नुपर्ने बताउनुभयो। उहाँले सदस्यहरूको स्वास्थ्य अवस्था, शिक्षा, तालिम, रोजगार लगायतका विषयलाई प्राथमिकतामा राखी सदस्य–केन्द्रित सेवा प्रदान गर्नुपर्ने धारणा राख्नुभयो। सदस्यको खुसी नै सहकारीको समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले सहकारीका सञ्चालकहरूबीच द्वन्द्व हुन नहुनेमा पनि जोड दिनुभयो।

कार्यक्रममा सहकारी संस्थाको वर्तमान अवस्था, सेवा विस्तार, प्रविधिमैत्री व्यवस्थापन तथा सदस्य केन्द्रित अभ्यासबारे विस्तृत छलफल गरिएको थियो ।
भ्रमण टोलीले विकू साकोसले समुदायस्तरमा पु¥याउँदै आएको वित्तीय पहुँच, सदस्य सहभागिता र संस्थागत सुशासनको प्रशंसा गर्दै यस्ता अभ्यासले नेपाली सहकारी अभियानलाई थप मजबुत बनाउन योगदान पुग्ने धारणा व्यक्त गरेको थियो ।

यस भ्रमण अवधिभर सहकारी क्षेत्रको क्षमता अभिवृद्धि, नेतृत्व विकास, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय असल अभ्यास आदानप्रदानमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

भर्खरै
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप