एशियाली ऋण महासंघका प्राविधिक अधिकृतद्धारा बिन्धवासिनी साकोस अवलोकन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघका प्राविधिक अधिकृतद्धारा बिन्धवासिनी साकोस अवलोकन 

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) का प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले जेठ ०४ गते, सोमबार बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत अवलोकन गर्नुभएको छ । 

नेफ्स्कूनको समन्वयमा नेपाल भ्रमणमा रहनुभएको उक्त टोलीले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाको कार्यप्रणाली, सदस्य सेवा प्रणाली, वित्तीय व्यवस्थापन, सुशासन अभ्यास तथा ग्रामीण क्षेत्रमा सञ्चालित वित्तीय सेवाको प्रभावकारिताबारे अध्ययन तथा अवलोकन गरेको हो ।

अवलोकन भ्रमणका क्रममा आयोजित संक्षिप्त अन्तरक्रिया कार्यक्रमका अवसरमा सहकारी अभियानको प्रवद्र्धन, संस्थाको सवलीकरण, दिगो सञ्जालीकरण र सदस्यहरुलाई आर्थिक रुपले कसरी सृद्धढ बनाउने भन्ने विषयमा छलफल भएको थियो । 

नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले, संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठ, सञ्चालक समिति सचिव एवं एक्सेस कार्यदलका संयोजक डोरेन्द्रराज सापकोटा र कोषाध्यक्ष भिम बहादुर खत्री लगायत सञ्चालक समिति सदस्य केशव थापा एवं सुनिता धिताल,  प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तान सहित  उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य केशव थापाले गर्नुभएको थियो । स्वागत मन्तव्य अध्यक्ष शान्त कुमार श्रेष्ठ र संस्थागत प्रस्तुतीकरण साकोसका  प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएकोे थियो ।

अन्तरक्रिया कार्यक्रममा संस्थाले सदस्य केन्द्रित सेवा, प्रविधिमैत्री सेवा प्रवाह, वित्तीय अनुशासन तथा ग्रामीण समुदायमा सहकारीमार्फत वित्तीय पहुँच विस्तारका विषयमा प्रस्तुतीकरण गरेको थियो । साथै, साकोस अवलोकनका क्रममा एक्सेस कार्यक्रमका सूचकहरू, संस्थागत सुशासन, सेवा गुणस्तर, सदस्य सन्तुष्टि, वित्तीय पहुँच तथा सञ्चालन प्रभावकारिताका विषयमा समेत विस्तृत छलफल गरिएको थियो । अक्कूका प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्चीबाट राखिएको जिज्ञासाहरुको सम्बोधन प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तान बाट प्रस्तुत गएिको थियो । 

कार्यक्रमको समापनमा सहकारी क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा सदस्यहरूको आर्थिक सशक्तीकरणमा यस्ता भ्रमण तथा अन्तरक्रियाले महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप