एशियाली ऋण महासंघद्वारा बुडोल सामुदायिक साकोस अवलोकन भ्रमण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघद्वारा बुडोल सामुदायिक साकोस अवलोकन भ्रमण

काभ्रे । एशियाली ऋण महासंघ (अक्कू) का प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची र नेफ्स्कूनका वरिष्ठ अधिकृतले बुडोल सामुदायिक साकोसकोे अवलोकन भ्रमण गर्नुभएको छ ।

जेठ ०४ गते बनेपा–८ काभ्रेमा रहेको संस्थाको कार्यालयमा उपस्थित भई उहाँहरुले संस्थाका वित्तीय तथा सामाजिक गतिविधिहरु अध्ययन अवलोकन गर्नुभएको हो । 

संस्थाको कार्यालयमा पुग्नुभएका अक्कूका प्रमुख प्राविधिक रञ्जिथ हेटियाराच्चीलाई संस्थाका अध्यक्ष कैलाश के.सी. लगायत सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । 

एक्सेस कार्यक्रमका विभिन्न सूचकहरुको आधारमा संस्थाका बरिष्ठ अधिकृत उमेश आचार्यले संस्थागत जानकारी सहितको प्रस्तुति दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यकारी अधिकृत रञ्जना सुवालले गर्नुभएको थियो । 

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, प्रमुख सल्लाहकार र उच्च व्यवस्थापनबाट उपस्थिति रहेको थियो । 

भ्रमणका क्रममा हिटियाराच्चीले सम्बोधन गर्दै संस्थाले सधैं सदस्य–केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सदस्यहरूको नियमित बचतलाई बानीका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै, कोभिड–१९ जस्ता महामारी वा आकस्मिक संकटको सामना गर्न सदस्यलाई कम्तीमा ६ महिनासम्म गुजारा चलाउन पुग्ने आपत्कालीन बचत गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । साथै, साना तथा मझौला ऋणलाई प्राथमिकता दिनुपर्ने, भाखा नाघेको ऋणको प्रभावकारी मूल्याङ्कन गरी पर्याप्त कोषको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा पनि उहाँले विशेष जोड दिनुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप