एशियाली ऋण महासंघद्वारा बुडोल सामुदायिक साकोस अवलोकन भ्रमण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघद्वारा बुडोल सामुदायिक साकोस अवलोकन भ्रमण

काभ्रे । एशियाली ऋण महासंघ (अक्कू) का प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची र नेफ्स्कूनका वरिष्ठ अधिकृतले बुडोल सामुदायिक साकोसकोे अवलोकन भ्रमण गर्नुभएको छ ।

जेठ ०४ गते बनेपा–८ काभ्रेमा रहेको संस्थाको कार्यालयमा उपस्थित भई उहाँहरुले संस्थाका वित्तीय तथा सामाजिक गतिविधिहरु अध्ययन अवलोकन गर्नुभएको हो । 

संस्थाको कार्यालयमा पुग्नुभएका अक्कूका प्रमुख प्राविधिक रञ्जिथ हेटियाराच्चीलाई संस्थाका अध्यक्ष कैलाश के.सी. लगायत सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । 

एक्सेस कार्यक्रमका विभिन्न सूचकहरुको आधारमा संस्थाका बरिष्ठ अधिकृत उमेश आचार्यले संस्थागत जानकारी सहितको प्रस्तुति दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यकारी अधिकृत रञ्जना सुवालले गर्नुभएको थियो । 

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, प्रमुख सल्लाहकार र उच्च व्यवस्थापनबाट उपस्थिति रहेको थियो । 

भ्रमणका क्रममा हिटियाराच्चीले सम्बोधन गर्दै संस्थाले सधैं सदस्य–केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सदस्यहरूको नियमित बचतलाई बानीका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै, कोभिड–१९ जस्ता महामारी वा आकस्मिक संकटको सामना गर्न सदस्यलाई कम्तीमा ६ महिनासम्म गुजारा चलाउन पुग्ने आपत्कालीन बचत गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । साथै, साना तथा मझौला ऋणलाई प्राथमिकता दिनुपर्ने, भाखा नाघेको ऋणको प्रभावकारी मूल्याङ्कन गरी पर्याप्त कोषको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा पनि उहाँले विशेष जोड दिनुभएको थियो ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप