नेपालको बचत ऋण सहकारी अभियानको आधुनिकीकरण र नियामकीय रूपान्तरणबारे नेफ्स्कून र अक्कुको उच्चस्तरीय परामर्श
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालको बचत ऋण सहकारी अभियानको आधुनिकीकरण र नियामकीय रूपान्तरणबारे नेफ्स्कून र अक्कुको उच्चस्तरीय परामर्श

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानलाई बदलिँदो नियामकीय परिवेशअनुकूल पुनसंरचना गर्दै थप सुदृढ, उत्तरदायी, प्रविधिमैत्री तथा सदस्य–केन्द्रित बनाउने उद्देश्यका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र एशियाली ऋण महासंघ (अक्कु) बीच उच्चस्तरीय रणनीतिक परामर्श कार्यशाला जेठ ४ गते संघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ती अधिकारी, महासचिव धनश्याम अधिकारी,कोषाध्यक्ष दिपक थापा, सदस्यहरु मन्दरा मिश्र,सुसिल कुमार बस्न्यात,सिता ढकाल पौडेल,शोभा कुमारी राउत, दिप्ति शाही, गोपाल प्रसाद गौतम, खेम राज सुवेदी, नवराज अर्याल, शालिकराम ढकालको उपस्थितिमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा उच्च व्यवस्थापन तहका कर्मचारीको सहभागिता रहेको थियो । कार्यशालामा नेफ्स्कूनका पूर्व अध्यक्ष डिवि बस्नेत र  निवर्तमान अध्यक्ष परितोष पौड्यालको समेत उपस्थिति रहेको थियो । 

कार्यशालामा अक्कुका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोके (लेनी) तथा प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्चीले सहजीकरण गर्दै विश्व सहकारी अभ्यास, नियामकीय उत्तरदायित्व र संस्थागत दिगोपनाबीच सन्तुलन कायम गर्दै सहकारी अभियानलाई कसरी समयानुकूल रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा अवधारणामूलक प्रस्तुति दिनुभएको थियो ।

परामर्शका क्रममा सहकारी क्षेत्र अहिले सामना गरिरहेको विश्वसनीयता, सुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनका चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्न नेफ्स्कूनले खेल्नुपर्ने भूमिकामाथि गहन विमर्श भएको थियो । सहभागीहरूले नेफ्स्कूनलाई सदस्य संस्थाहरूको साझा प्रतिनिधिमूलक संस्थामात्र नभई नीति पैरवी, प्राविधिक सहजीकरण, गुणस्तर अभिवृद्धि तथा संस्थागत मार्गदर्शन गर्ने सक्षम “स्रोत केन्द्र” का रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यशालामा सहकारी क्षेत्रको दिगोपनाका लागि नियामक निकायसँगको समन्वयलाई थप संस्थागत बनाउने, सहकारीमैत्री नीतिगत वातावरण निर्माणमा प्रभावकारी पैरवी गर्ने तथा अक्कुद्वारा प्रवद्र्धित अन्तर्राष्ट्रिय अभ्यास र व्यवसायिक समाधानलाई नेपाली सहकारी अभियानमा रूपान्तरणसहित अवलम्बन गर्ने विषयमा विशेष जोड दिइएको थियो ।

त्यसैगरी, सहकारी संस्थाहरूको संस्थागत क्षमता विकास, सुशासन प्रवद्र्धन, नेतृत्व हस्तान्तरण, दक्ष जनशक्ति उत्पादन तथा व्यावसायिक तालिम प्रणालीलाई दीर्घकालीन रूपमा संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । हालसम्म विभिन्न कार्यक्रममार्फत तयार भएका प्रशिक्षित जनशक्तिलाई सहकारी शिक्षा, परामर्श तथा संस्थागत विकासमा प्रभावकारी परिचालन गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको थियो ।

छलफलमा सहकारी अभियानको डिजिटल रूपान्तरणलाई आगामी रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको थियो । प्रविधिमैत्री सेवा विस्तार, डिजिटल प्रणालीमार्फत वित्तीय अनुशासन, पारदर्शिता तथा सदस्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै सहकारी संस्थाहरूलाई आधुनिक वित्तीय सेवाप्रदायक संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने विषयमा सहभागीहरूले साझा धारणा व्यक्त गरेका थिए ।

यसैगरी, सम्भावित जोखिम र भावी चुनौतीलाई मध्यनजर गर्दै पूर्वतयारी सहितको रणनीतिक योजना निर्माण, अनिवार्य क्षमता विकास तालिम, साझा मानकीकरण प्रणाली तथा अभियानको एकीकृत प्रवद्र्धनलाई थप प्रभावकारी बनाउने विषयमा समेत कार्यशालाले जोड दिएको थियो ।

कार्यक्रममा सञ्चालक समिति तथा व्यवस्थापन तहलाई “उपयुक्तता र योग्यता” को सिद्धान्तअनुरूप सक्षम, जिम्मेवार, नैतिक तथा उत्तरदायी बनाउँदै नियमित सुपरिवेक्षण, स्वनियमन र संस्थागत अनुशासनलाई अभियानको अभिन्न संस्कृतिका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।

कार्यशालाका सहभागीहरूले नेपालको बचत तथा ऋण सहकारी अभियानलाई अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप सुरक्षित, विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री तथा सदस्य–मुखी वित्तीय प्रणालीका रूपमा स्थापित गर्न यस्ता रणनीतिक परामर्श र अन्तर्राष्ट्रिय सहकार्यहरू महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेका थिए ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

३ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप