अर्को समाचार

Notice
१४६ दिन अगाडि
साकोसका सदस्यहरूलाई निर्वाहमुखी खेतीबाट व्यावसायिकतातर्फ रूपान्तरण गर्न खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका सदस्यहरूलाई निर्वाहमुखी खेतीबाट व्यावसायिकतातर्फ रूपान्तरण गर्न खेल तालिम सञ्चालन

काठमाडौं । लमजुङको सुन्दरबजार स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित तीन दिवसीय ‘कृषक व्यवसाय खेल तालिम’ लमजुङमा जेठ १७ गते सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग र द जर्मन स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसन (BDS) को सहकार्यमा आयोजना गरिएको तालिममा साकोसका कृषि पेशामा संलग्न सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको हो । 

तालिम विशेष गरी Learning By Doing अर्थात् गरेर सिक्ने खेल विधिमा आधारित रहेको थियो । तालिमको मुख्य उद्देश्य कृषकहरूलाई परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र आत्मनिर्भर कृषि प्रणालीतर्फ रूपान्तरण गर्नु रहेको आयोजकले जनाएको छ ।

तालिम अवधिभर कृषकहरूलाई सिमुलेसन विधिको प्रयोग गरी विभिन्न खेलहरू खेलाइएको थियो, जसका माध्यमबाट उनीहरूले कृषि व्यवसायमा आउने उतारचढाव र चुनौतीहरूलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यसरी खेलिने खेलबाट सदस्यहरूले कृषि पेशा र व्यवसायलाई वास्तविक जीवनमा कसरी अगाडि बढाउने, व्यावसायिक वृद्धि र विकासका लागि कस्ता रणनीतिहरू अपनाउने र आर्थिक व्यवस्थापन कसरी गर्ने भन्नेबारे विस्तृत ज्ञान हासिल गरेका छन् । कृषकहरूको मस्तिष्कमा रहेको सैद्धान्तिक ज्ञानलाई सिधै व्यावहारिक जीवन र कार्यशैलीसँग जोड्ने प्रभावकारी काम गरेको छ ।

तालिमको समापन समारोह एभरेष्ट साकोसका अध्यक्ष  राम बाबू श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जय राम रेग्मीले प्रमुख अतिथिका रूपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो । कार्यक्रमलाई व्यवस्थित रूपमा संयोजन गर्ने भूमिका साकोसका सचिव एवं बिडिएस (BDS) कार्यक्रमका संयोजक विष्णु कुमार श्रेष्ठले निभाउनुभएको थियो ।

कार्यक्रममा कृषकहरूलाई थप व्यावसायिक मार्गदर्शन र प्राविधिक सल्लाह दिनका लागि लमजुङ कृषि क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम कुमार श्रेष्ठ, सोही क्याम्पसका अवकाशप्राप्त प्राध्यापक प्रो. कृष्ण बहादुर कार्की र प्राध्यापक नरेन्द्र बहादुर सिंहको उपस्थिति रहेको थियो । यसका साथै एभरेष्ट साकोसका उपाध्यक्ष विद्या देवि श्रेष्ठ, सञ्चालक समितिका सदस्य नवराज श्रेष्ठ, रामजानकी मन्दिरका अध्यक्ष बुद्धि बहादुर अधिकारी र एभरेष्ट साकोसका प्रबन्धक ज्ञान बहादुर नेपाली लगायत अन्य स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

समापनमा बोल्दै प्रमुख अतिथि रेग्मीले यस्ता व्यावहारिक र खेलमा आधारित तालिमले कृषकहरूको सोचमा परिवर्तन ल्याई स्थानीय उत्पादन बढाउन र आर्थिक स्तर उकास्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साकोसका कृषि पेशामा संलग्न ३० जना सदस्यहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत मन केशरी महजन र कार्यक्रम अधिकृत रीता सुवेदीले गर्नुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

११ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

पाठकबाट थप