अर्को समाचार

Notice
८२ दिन अगाडि
साकोसका सदस्यहरूलाई निर्वाहमुखी खेतीबाट व्यावसायिकतातर्फ रूपान्तरण गर्न खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका सदस्यहरूलाई निर्वाहमुखी खेतीबाट व्यावसायिकतातर्फ रूपान्तरण गर्न खेल तालिम सञ्चालन

काठमाडौं । लमजुङको सुन्दरबजार स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित तीन दिवसीय ‘कृषक व्यवसाय खेल तालिम’ लमजुङमा जेठ १७ गते सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग र द जर्मन स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसन (BDS) को सहकार्यमा आयोजना गरिएको तालिममा साकोसका कृषि पेशामा संलग्न सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको हो । 

तालिम विशेष गरी Learning By Doing अर्थात् गरेर सिक्ने खेल विधिमा आधारित रहेको थियो । तालिमको मुख्य उद्देश्य कृषकहरूलाई परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र आत्मनिर्भर कृषि प्रणालीतर्फ रूपान्तरण गर्नु रहेको आयोजकले जनाएको छ ।

तालिम अवधिभर कृषकहरूलाई सिमुलेसन विधिको प्रयोग गरी विभिन्न खेलहरू खेलाइएको थियो, जसका माध्यमबाट उनीहरूले कृषि व्यवसायमा आउने उतारचढाव र चुनौतीहरूलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यसरी खेलिने खेलबाट सदस्यहरूले कृषि पेशा र व्यवसायलाई वास्तविक जीवनमा कसरी अगाडि बढाउने, व्यावसायिक वृद्धि र विकासका लागि कस्ता रणनीतिहरू अपनाउने र आर्थिक व्यवस्थापन कसरी गर्ने भन्नेबारे विस्तृत ज्ञान हासिल गरेका छन् । कृषकहरूको मस्तिष्कमा रहेको सैद्धान्तिक ज्ञानलाई सिधै व्यावहारिक जीवन र कार्यशैलीसँग जोड्ने प्रभावकारी काम गरेको छ ।

तालिमको समापन समारोह एभरेष्ट साकोसका अध्यक्ष  राम बाबू श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जय राम रेग्मीले प्रमुख अतिथिका रूपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो । कार्यक्रमलाई व्यवस्थित रूपमा संयोजन गर्ने भूमिका साकोसका सचिव एवं बिडिएस (BDS) कार्यक्रमका संयोजक विष्णु कुमार श्रेष्ठले निभाउनुभएको थियो ।

कार्यक्रममा कृषकहरूलाई थप व्यावसायिक मार्गदर्शन र प्राविधिक सल्लाह दिनका लागि लमजुङ कृषि क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम कुमार श्रेष्ठ, सोही क्याम्पसका अवकाशप्राप्त प्राध्यापक प्रो. कृष्ण बहादुर कार्की र प्राध्यापक नरेन्द्र बहादुर सिंहको उपस्थिति रहेको थियो । यसका साथै एभरेष्ट साकोसका उपाध्यक्ष विद्या देवि श्रेष्ठ, सञ्चालक समितिका सदस्य नवराज श्रेष्ठ, रामजानकी मन्दिरका अध्यक्ष बुद्धि बहादुर अधिकारी र एभरेष्ट साकोसका प्रबन्धक ज्ञान बहादुर नेपाली लगायत अन्य स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

समापनमा बोल्दै प्रमुख अतिथि रेग्मीले यस्ता व्यावहारिक र खेलमा आधारित तालिमले कृषकहरूको सोचमा परिवर्तन ल्याई स्थानीय उत्पादन बढाउन र आर्थिक स्तर उकास्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साकोसका कृषि पेशामा संलग्न ३० जना सदस्यहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत मन केशरी महजन र कार्यक्रम अधिकृत रीता सुवेदीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

३ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२५ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१४ दिन अगाडि

पाठकबाट थप