नेपालगंजमा हाम्रो मध्यवर्ती साकोसको ४ वर्षे रणनीतिक कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालगंजमा हाम्रो मध्यवर्ती साकोसको ४ वर्षे रणनीतिक कार्यशाला सम्पन्न

नेपालगंज, बाँके । हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि।को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। को प्राविधिक सहयोगमा नेपालगंज, बाँकेमा जेष्ठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको “४ बर्षे रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला” जेठ १७ गते सम्पन्न भएको छ।

कार्यशालामा संस्थाका अध्यक्ष , लेखा सुपरिवेक्षण समितिका संयोजक एवं सदस्यज्यूहरू, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यज्यूहरू र उच्च व्यवस्थापनका कर्मचारीहरूको  उपस्थिति रहेको थियो ।

कार्यशालामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का वरिष्ठ अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत रबिन्द्र श्रेष्ठले  रणनितिक ब्यबसायिक योजनाको रणनितिक ब्यबसायिक योजनाका क्रियाकलापहरु र बजेटमा छलफल तथा सहजीकरण गर्नु भएको थियो। 

संस्थाको ४ बर्षे रणनितिक ब्यबसायिक योजना मार्फत संस्थाले “समृद्ध सदस्य : उत्कृष्ठ सहकारी” को परिकल्पना सहित रणनितिक ब्यबसायिक योजना निर्माण गरिएको हो  । 

संस्थाको दीर्घकालीन विकास, दिगोपना, सुशासन तथा सदस्यमुखी सेवाको प्रभावकारी विस्तारका लागि कार्यशाला उपलब्धिमूलक भएको सहभागीले  बताएका छन । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप