माडीका ४० सहकारीमा नेफ्स्कूनको ‘आधारशिला  कार्यक्रमको पहिलो चरण सम्पन्न, सुशासन र कानुनी दायरामा आउन निर्देशन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
माडीका ४० सहकारीमा नेफ्स्कूनको ‘आधारशिला  कार्यक्रमको पहिलो चरण सम्पन्न, सुशासन र कानुनी दायरामा आउन निर्देशन

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा चालू आर्थिक वर्ष २०८२/०८३ को ‘आधारशिला कार्यक्रम’ अन्तर्गत चितवनको माडी नगरपालिकामा साझेदारी गरी सञ्चालन गरिएको पहिलो जागरण चरणको कार्य जेठ १८ गते सम्पन्न भएको छ । 

माडी नगरपालिका भित्रका ४० वटा प्रारम्भिक सहकारी संस्थाहरूमा सञ्चालित यस पहिलो चरण कार्यको समीक्षा पालिकाको सभा कक्षमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो । 

४० वटा सहकारी संस्थाका प्रतिनिधिहरूसहित जम्मा ६१ जनाको उपस्थिति रहेको उक्त समीक्षा कार्यक्रममा सहकारीहरूको वर्तमान वस्तुस्थिति, कानुनी पालनाको अवस्था र आगामी कार्यदिशाका विषयमा सघन छलफल भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दाहालले पालिकामा सञ्चालित सहकारी संस्थाहरूको स्थलगत अवस्थाको प्रतिवेदन प्रस्तुत गर्दै विस्तृत समीक्षा गर्नुभएको थियो ।

समीक्षाका क्रममा माडी पालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूमा गम्भीर कानुनी तथा व्यवस्थापकीय कमजोरीहरू औंल्याइएको छ । प्रतिवेदन अनुसार अधिकांश सहकारी संस्थाहरू अझै पनि पुराना कानुनी प्रावधान अर्थात् सहकारी ऐन २०४८ को दफा १२ अनुसार सञ्चालन भइरहेकाले उनीहरूलाई तत्काल सहकारी ऐन २०७४ को परिधिभित्र रही विनियम संशोधन गर्न सुझाव दिइएको छ । 

कार्यालय स्थापना नगरी ‘झोलामा’ संस्था सञ्चालन गर्ने परिपाटीलाई तत्काल बन्द गरी कार्यालय व्यवस्थापन गर्न र सो गर्न नसक्ने संस्थाहरूलाई शिघ्र एकीकरण प्रक्रियामा लैजान जोड दिइएको छ। सहकारीहरू सम्पत्ति शुद्धीकरणको अभ्यास र दायरामा नआएकाले यसबारे शिघ्र अनुशिक्षण दिनुपर्ने, संस्थाहरूको आधारभूत कार्यविधि निर्माणमा प्राविधिक सहजीकरण गर्नुपर्ने, र हालसम्म साधारण सभा, लेखापरीक्षण तथा पालिकामा प्रतिवेदन नबुझाउने संस्थाहरूलाई तत्काल प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ । साथै, सहकारीहरूले कोपोमिस प्रणालीमा आबद्ध भई विवरण अद्यावधिक गर्न पालिकाले सहजीकरण गर्नुपर्ने र संस्थाको हिसाब–किताब चुस्त राख्न अनिवार्य रूपमा कम्प्युटर प्रविधिको प्रयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ । 

सञ्चालनमा नआएका वा निष्क्रिय रहेका सहकारीहरूलाई भने शिघ्र एकीकरण वा खारेजीको प्रक्रियामा लैजान उपयुक्त हुने सुझाव दिइएको छ ।

कार्यक्रममा बोल्दै माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले सहकारीहरू तत्काल नियमनको दायरामा आउनुपर्ने बताउनुभयो । स्थलगत रूपमै गएर सहकारीका यस्ता गम्भीर सवालहरू उजागर गरिदिएकोमा नेफ्स्कूनप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले यी विषयमा पालिका निकै संवेदनशील रहेको र कमजोरीहरू तत्काल सुधार गर्न सहकारीहरूलाई निर्देशन दिनुभयो । 

पालिका प्रवक्ता डण्डपाणि पौडेलले सहकारीलाई पालिकाको धरोहरका रूपमा चित्रण गर्दै संस्थाहरू पूर्ण रूपमा सुशासनमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रमको अन्त्यमा, माडीका सहकारीहरूको घरदैलोमै पुगेर सहकारिताको भावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने नेफ्स्कूनका अधिकृत रीता सुवेदी र यमकला सुवेदीका साथै वातावरण सहज बनाइदिने सहकारी शाखा प्रमुख सन्तोष सुवेदीलाई धन्यवाद ज्ञापन गरिएको थियो । 

समग्र सहकारीहरूको सबलीकरण र सुदृढीकरणका लागि नेफ्स्कूनको साथ र प्राविधिक सहजीकरण निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले समीक्षा कार्यक्रमको समापन गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५८ दिन अगाडि

पाठकबाट थप