माडीका ४० सहकारीमा नेफ्स्कूनको ‘आधारशिला  कार्यक्रमको पहिलो चरण सम्पन्न, सुशासन र कानुनी दायरामा आउन निर्देशन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
माडीका ४० सहकारीमा नेफ्स्कूनको ‘आधारशिला  कार्यक्रमको पहिलो चरण सम्पन्न, सुशासन र कानुनी दायरामा आउन निर्देशन

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा चालू आर्थिक वर्ष २०८२/०८३ को ‘आधारशिला कार्यक्रम’ अन्तर्गत चितवनको माडी नगरपालिकामा साझेदारी गरी सञ्चालन गरिएको पहिलो जागरण चरणको कार्य जेठ १८ गते सम्पन्न भएको छ । 

माडी नगरपालिका भित्रका ४० वटा प्रारम्भिक सहकारी संस्थाहरूमा सञ्चालित यस पहिलो चरण कार्यको समीक्षा पालिकाको सभा कक्षमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो । 

४० वटा सहकारी संस्थाका प्रतिनिधिहरूसहित जम्मा ६१ जनाको उपस्थिति रहेको उक्त समीक्षा कार्यक्रममा सहकारीहरूको वर्तमान वस्तुस्थिति, कानुनी पालनाको अवस्था र आगामी कार्यदिशाका विषयमा सघन छलफल भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दाहालले पालिकामा सञ्चालित सहकारी संस्थाहरूको स्थलगत अवस्थाको प्रतिवेदन प्रस्तुत गर्दै विस्तृत समीक्षा गर्नुभएको थियो ।

समीक्षाका क्रममा माडी पालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूमा गम्भीर कानुनी तथा व्यवस्थापकीय कमजोरीहरू औंल्याइएको छ । प्रतिवेदन अनुसार अधिकांश सहकारी संस्थाहरू अझै पनि पुराना कानुनी प्रावधान अर्थात् सहकारी ऐन २०४८ को दफा १२ अनुसार सञ्चालन भइरहेकाले उनीहरूलाई तत्काल सहकारी ऐन २०७४ को परिधिभित्र रही विनियम संशोधन गर्न सुझाव दिइएको छ । 

कार्यालय स्थापना नगरी ‘झोलामा’ संस्था सञ्चालन गर्ने परिपाटीलाई तत्काल बन्द गरी कार्यालय व्यवस्थापन गर्न र सो गर्न नसक्ने संस्थाहरूलाई शिघ्र एकीकरण प्रक्रियामा लैजान जोड दिइएको छ। सहकारीहरू सम्पत्ति शुद्धीकरणको अभ्यास र दायरामा नआएकाले यसबारे शिघ्र अनुशिक्षण दिनुपर्ने, संस्थाहरूको आधारभूत कार्यविधि निर्माणमा प्राविधिक सहजीकरण गर्नुपर्ने, र हालसम्म साधारण सभा, लेखापरीक्षण तथा पालिकामा प्रतिवेदन नबुझाउने संस्थाहरूलाई तत्काल प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ । साथै, सहकारीहरूले कोपोमिस प्रणालीमा आबद्ध भई विवरण अद्यावधिक गर्न पालिकाले सहजीकरण गर्नुपर्ने र संस्थाको हिसाब–किताब चुस्त राख्न अनिवार्य रूपमा कम्प्युटर प्रविधिको प्रयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ । 

सञ्चालनमा नआएका वा निष्क्रिय रहेका सहकारीहरूलाई भने शिघ्र एकीकरण वा खारेजीको प्रक्रियामा लैजान उपयुक्त हुने सुझाव दिइएको छ ।

कार्यक्रममा बोल्दै माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले सहकारीहरू तत्काल नियमनको दायरामा आउनुपर्ने बताउनुभयो । स्थलगत रूपमै गएर सहकारीका यस्ता गम्भीर सवालहरू उजागर गरिदिएकोमा नेफ्स्कूनप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले यी विषयमा पालिका निकै संवेदनशील रहेको र कमजोरीहरू तत्काल सुधार गर्न सहकारीहरूलाई निर्देशन दिनुभयो । 

पालिका प्रवक्ता डण्डपाणि पौडेलले सहकारीलाई पालिकाको धरोहरका रूपमा चित्रण गर्दै संस्थाहरू पूर्ण रूपमा सुशासनमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रमको अन्त्यमा, माडीका सहकारीहरूको घरदैलोमै पुगेर सहकारिताको भावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने नेफ्स्कूनका अधिकृत रीता सुवेदी र यमकला सुवेदीका साथै वातावरण सहज बनाइदिने सहकारी शाखा प्रमुख सन्तोष सुवेदीलाई धन्यवाद ज्ञापन गरिएको थियो । 

समग्र सहकारीहरूको सबलीकरण र सुदृढीकरणका लागि नेफ्स्कूनको साथ र प्राविधिक सहजीकरण निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले समीक्षा कार्यक्रमको समापन गर्नुभएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

३ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२५ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१४ दिन अगाडि

पाठकबाट थप