सहरा महिला साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण : सुशासन र दिगोपनामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहरा महिला साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण : सुशासन र दिगोपनामा जोड

धादिङबेशी, धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत जेठ १९ गते सहरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ । 

सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले नेफ्स्कूनले आफ्ना सदस्य संघसंस्थाहरूका लागि ’स्क्यान’ कार्यक्रम सञ्चालन गरी स्थलगत सुपरीवेक्षण कार्यलाई निरन्तरता दिँदै आएको छ ।

स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न प्राविधिक तथा वित्तीय सूचकहरूको विस्तृत मूल्याङ्कन गरिएको थियो । यस अन्तर्गत मुख्य गरी आन्तरिक कार्यविधि अध्यावधिक, सदस्यमैत्री उत्पादन तथा सेवाहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय श्रोत प्राप्ति र परिचालनका साथै सेवा कार्यालय सञ्चालन व्यवस्थापन लगायतका विषयमा गहन समीक्षा गरिएको थियो । यसैगरी संस्थाको समग्र सुरक्षा र दिगोपनालाई ध्यानमा राख्दै कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन, सुशासन तथा प्रविधिगत जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

नेफ्स्कूनका अनुगमन अधिकृत सन्दिप राज ढकालद्वारा गरिएको उक्त सुपरिवेक्षणमा संस्थाको सञ्चालक समिति र व्यवस्थापन पक्षको सक्रिय सहभागिता रहेको थियो । अनुगमन पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन बैठकमा पेस गरिएको थियो भने छलफल बैठकमा समिति र व्यवस्थापनद्वारा स्पष्ट सुधार योजना तय गरिएको छ । प्राप्त प्रतिवेदन र सुझावहरूलाई मनन गर्दै संस्थाकी अध्यक्ष पार्वती खाँडले सुधारात्मक योजना र सुझावहरूलाई यथासम्भव छिटो कार्यान्वयनमा लैजाने दृढ प्रतिबद्धता व्यक्त गरेसँगै स्थलगत सुपरिवेक्षण कार्य समापन भएको छ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप