इटहरीमा साकोसका सदस्यहरूका लागि तीन दिवसीय लघु व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इटहरीमा साकोसका सदस्यहरूका लागि तीन दिवसीय लघु व्यवसाय खेल तालिम सञ्चालन

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोग तथा German Sparkassenstiftung को सहयोगमा संस्थामा आवद्ध उद्यम व्यवसाय गरिरहेका र गर्न इच्छुक सदस्यहरूको लागि संस्थाको सभाहलमा तिन दिवसीय लघु व्यवसाय खेल तालिम जेष्ठ १८ गते सम्पन्न भएको छ ।  

व्यवसायको अवधारणा, व्यवसायको सुरुवात गर्न आवश्यक पुँजी र सोको व्यवस्थापन,व्यवसाय विस्तार सुधार,व्यवसायमा लक्षित ग्राहक पहिचान,उत्पादित सामग्रीको बजार प्रवर्धनका साथै व्यवसायमा आईपर्न सक्ने जोखीम व्यवस्थापनका बारेमा अभ्यासद्धारा नै व्यवसायमा नाफा नोक्सान,नगद प्रवाह वासलात निर्माण गर्ने कला समेत तालिममा सहभागीहरुलाई जानकारी गराईएको थियो । सदस्यहरूलाई प्रदान गरिएको उक्त तालिमले वास्तविक रुपमा परिवर्तन ल्याए नल्याएको मुल््याङ्कन गर्नुका साथै प्राप्त तालिमलाई स्वरोजगारमा जोड्न सदस्यहरूलाई निरन्तर सहयोग,अनुगमन तथा प्रोत्साहन गर्ने सिकाई रहेको छ ।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न खेल तथा अभ्यासमार्फत व्यवसाय सञ्चालनका महत्वपूर्ण पक्षहरू जस्तै समूह कार्य, योजना निर्माण, निर्णय क्षमता, नेतृत्व विकास तथा जोखिम व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो । सहभागीहरूको सक्रियता र सिकाइको स्तर वृद्धि गरेको देखिएको । कार्यक्रममा सहभागीहरूलाई लघु व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने सीप, रणनीति तथा समूहमा आधारित खेल मार्फत सिकाइको अनुभव प्रदान गरिएको छ ।

सहभागी सदस्यहरूले सिकाइ सहज र नयाँ विधिबाट सञ्चालन गरिएकाले तालिम प्रभावकारी भएको प्रतिकृया सहभागीहरुले प्रतिक्रिया दिएका थिए । साकोसका अध्यक्षद्धारा सदस्यहरूलाई ऋणको रूपमा पुँजी उपलब्ध गराउँदै आएकोमा अब सीप, प्रविधि र बजार व्यवस्थापन लगायतमा समेत सहयोग गर्ने गरी BDS Desk  स्थापना गरिएको बताउनु भयो ।

तालिममा २२ जना साकोसका सदस्यहरूको सहभागितामा सञ्चालन भएको तालिमको सहजिकरण नेफ्स्कूनका  प्रशिक्षक उमेश कोइराला र प्रकाश अधिकारीले गर्नुभएको थियो ।  


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप