वित्तीय अनुशासन र संस्थागत सुदृढीकरणका लागि ग्रामीण साकोसको सुपरिवेक्षण      
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वित्तीय अनुशासन र संस्थागत सुदृढीकरणका लागि ग्रामीण साकोसको सुपरिवेक्षण      

सल्यान । शारदा नगरपालिका ०२, सल्यान स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत सुपरिवेक्षण जेठ २१ गते सम्पन्न गरेको छ । 

सुपरिवेक्षणमा बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्धेश्य रहेको छ । 

संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु : बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । 

नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमल राज अधिकारीद्धारा जेठ २० र २१ गते भएको सुपरिवेक्षणमा प्राप्त सुझाव तथा सिफारिसहरूले संस्थाको संस्थागत सुदृढीकरण,संस्थागत सुशासन, वित्तीय अनुशासन कायम गर्न तथा सदस्य केन्द्रित सेवाहरूलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने कुरामा विश्वस्त भएको साकोसका सञ्चालक तथा कर्मचारीहरुले बताउनु भएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप