बागलुङमा सहकारीको डिजिटल रूपान्तरण तथा नियामकीय पालना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागलुङमा सहकारीको डिजिटल रूपान्तरण तथा नियामकीय पालना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका– ०४ उपल्लाचौर स्थित होटल रेड एप्पलमा “सहकारीमा डिजिटल रूपान्तरण तथा नियामकीय पालना सम्बन्धी अभिमुखीकरण कार्यक्रम” जेठ २२ गते सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घघाटन नगरप्रमुख श्रेष्ठले गमलामा जलार्पण गरी गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले सहकारी क्षेत्रलाई दिगो, सुरक्षित र विश्वसनीय बनाउन डिजिटल प्रविधिको प्रयोग, सुशासन तथा उचित नियमन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरूले पारदर्शिता, जवाफदेहिता र प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

साना तथा छरिएर रहेका सहकारीहरू मर्जरमार्फत सुदृढ बन्न सक्ने उल्लेख गर्दै वित्तीय जोखिम न्यूनीकरण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन एकीकरण आवश्यक रहेको बताउनुभयो । साथै, सहकारीहरूले समुदायको आवश्यकता अनुसार कार्य गर्दै विपन्न तथा कमजोर वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता जिल्ला बचत संघ बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याहरूबाट पाठ सिक्दै संस्थाहरूलाई विधि, विधान र सुशासनअनुसार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारीहरूबीचको सहकार्य, मर्जर तथा प्रविधिमैत्री व्यवस्थापन मार्फत संस्थाहरूलाई थप सुदृढ बनाउन सकिने धारणा राख्नुभयो । स्वागत मन्तव्य राख्दै जिल्ला बचत संघ म्याग्दीका अध्यक्ष नेत्रराज सुवेदीले सहकारी क्षेत्रको वर्तमान चुनौती सामना गर्न व्यवस्थापक, सञ्चालक तथा कर्मचारीहरूको क्षमता विकास आवश्यक रहेको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको प्रयोग र नियामकीय पालना आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

कार्यक्रम सञ्चालन  सिएमसी बागलुङका अध्यक्ष नवराज शर्माले गर्नुभएको थियो ।  नेफ्स्कूनका अधिकृत मनोज खड्का, नेफ्स्कून पोखराका सदस्य सेवा अधिकृत सूरज चालिसे, बागलुङ बचत संघका सञ्चालक सदस्य सन्तोष कुवर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका अधिकृत मनोज खड्का  र नियोसिस टेक्नोलोजी प्रा.लि. (MYRA Erp) का प्रमुख कार्यकारी अधिकृत मनोज तिवारीले गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी क्षेत्रको डिजिटल रूपान्तरण, नियामकीय पालना, सुशासन, जोखिम व्यवस्थापन तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो ।   सहकारी संस्थाहरूमा नियामकीय परिपालनको अवस्था सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मनोज खड्का ले “अद्यावधिक नियामकीय परिपालन” विषयमा सहजीकरण गर्नुभएको थियो  ।

सहजीकरणका क्रममा उहाँले सहकारी क्षेत्रसँग सम्बन्धित नवीन कानुनी व्यवस्था, नियामक निकायबाट जारी निर्देशन तथा परिपत्र, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, प्रतिवेदन तथा अभिलेख व्यवस्थापन लगायत विषयमा जानकारी दिनुभयो। साथै, सहकारी संस्थाहरूले नियामकीय मापदण्डको पालना गर्दै पारदर्शी, उत्तरदायी र दिगो संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममाँ बगलुंग पर्वत बेनी जिल्लाका सहकारी संग सस्थाका १२० वबलबपय सहभागिता थियो  ।

भर्खरै
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

२ दिन अगाडि

रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग
रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग

३ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

४ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

५ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप