इटहरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय, सुनसरीको आयोजनामा सुनसरीको इटहरीमा दुईदिने वार्षिक योजना तथा बजेट निर्माण तालिम जेड २२ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न भएको तालिममा विभिन्न २० वटा बचत तथा ऋण सहकारी संस्थाका २७ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
जेठ २१ गतेदेखि सञ्चालन भएको तालिममा सहकारी संस्थाहरूको रणनीतिक वार्षिक योजना तर्जुमा, व्यावहारिक बजेट निर्माण प्रक्रिया तथा संस्थागत व्यवस्थापन र सुशासनसँग सम्बन्धित विविध विषयहरूमा केन्द्रित रहेर विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । तालिमको प्राविधिक सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन सदस्य सेवा कार्यालय प्रमुख रिसभ राज रेग्मीले गर्नुभएको थियो ।
९ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१९ दिन अगाडि
२० दिन अगाडि
३७ दिन अगाडि
२६ दिन अगाडि
४२ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
११ दिन अगाडि
५९ दिन अगाडि