नवजनशक्ति साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरीवेक्षण सम्पन्न, वित्तीय अनुशासनमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवजनशक्ति साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरीवेक्षण सम्पन्न, वित्तीय अनुशासनमा जोड

सुर्खेत । लेकबेशी नगरपालिका ४ स्थित नवजनशक्ति बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण कन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान)  अन्तर्गत जेठ २३ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ । 

नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत पवनजंग मल्लद्धारा भएको स्थलगत सुपरीवेक्षणमा नवजनशक्ति  साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालनाको अवस्थाबारे  विश्लेषण भएको थियो । संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।

सुपरीवेक्षण पछि आयोजित रणनीतिक छलफल कार्यक्रममा अधिकृत पवनजंग मल्लले संस्थाका सबल पक्षहरू र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

साकोसका सञ्चालक समिति र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने र सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न  साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता साकोसका अध्यक्ष मुत्ति प्रसाद तिवारीले  व्यक्त गर्नुभएको छ । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप