बदलिँदो कानुनी वातावरणमा सहकारी हाक्न दुर्गा साकोसको नयाँ रणनीति: नेतृत्व विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बदलिँदो कानुनी वातावरणमा सहकारी हाक्न दुर्गा साकोसको नयाँ रणनीति: नेतृत्व विकास तालिम सम्पन्न

इटहरी, सुनसरी । सहकारी क्षेत्रमा बढ्दै गएको समसामयिक चुनौतीहरूलाई चिर्दै संस्थागत सुशासन कायम राख्ने उद्देश्यका साथ सुनसरीको इटहरी स्थित दुर्गा बचत तथा ऋण सहकारी संस्था लि. ले एक दिवसीय क्षमता विकास तथा सुशासन तालिम जेठ २३ गते सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष कुवेर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीलाई मर्यादित र व्यावसायिक बनाउन नेतृत्व खेल्ने विषयमा विस्तृत व्याख्या र विमर्श गरिएको थियो ।

नेफ्स्कूनका वरिष्ठ अधिकृत एवं तालिमका मुख्य सहजकर्ता भरत प्रसाद न्यौपानेले प्रशिक्षण दिँदै वर्तमान समयमा सहकारीहरूले सामना गरिरहेको नियामकीय वातावरण र त्यससँग अनुकूलन हुन अपनाउनुपर्ने रणनीतिहरूबारे प्रष्ट पार्नुभएको थियो । परिवर्तित कानुनी व्यवस्था अनुसार सहकारीका सञ्चालकहरूमा पर्याप्त ज्ञान, सिप र क्षमता हुन जरुरी रहेको औंल्याउनुभयो ।

६४ जनाको सहभागिता रहेको कार्यक्रममा विशेष गरी ’फिट एण्ड प्रपर’ (उचित र योग्य नेतृत्व) को अवधारणामाथि गहन व्याख्या गरिएको थियो । सहकारी हाँक्ने नेतृत्व केवल कानुनी रूपमा मात्र नभई नैतिक, व्यावसायिक र व्यावहारिक रूपमा पनि योग्य हुनुपर्नेमा सहजकर्ताले जोड दिनुभयो । 

यस्ता तालिमहरू सञ्चालक समितिलाई मात्र नभएर आम सदस्यहरूका लागि पनि उत्तिकै आवश्यक रहेको र सदस्यहरू स्वयं प्रशिक्षित हुँदा उनीहरूले सिकेको ज्ञानले नेतृत्वलाई समय–समयमा सचेत गराउन र संस्थामा सुशासन कायम राख्न ठूलो मद्दत पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

कार्यक्रमको स्वागत मन्तव्य अध्यक्ष कुवेर शर्माले राख्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव श्याम कुमार पाण्डेलले गर्नुभएको थियो ।  बजार व्यवस्थापन तथा आन्तरिक सुशासन चुस्त राख्न लेखा समिति संयोजक कृष्ण चन्द्र राई, उपाध्यक्ष उमेश प्रसाद पौडेल, कोषाध्यक्ष शम्भु कुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद वलि लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप