कड्फनको १५औँ स्थापना दिवस सम्पन्न : सहकारीका अग्रज र नवपुस्ताबीच संवाद र सहकार्यमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कड्फनको १५औँ स्थापना दिवस सम्पन्न : सहकारीका अग्रज र नवपुस्ताबीच संवाद र सहकार्यमा जोड

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानले विगतमा आर्जन गरेको अनुभव, संस्थागत स्मृति र नेतृत्वको विरासतलाई नयाँ पुस्तासँग जोड्ने साझा अभिप्रायका साथ क्रेडिट युनियन डेभलपमेन्ट फाउण्डेशन अफ नेपाल (कड्फन) ले आफ्नो १५औँ स्थापना दिवस मनाएको छ। स्थापना दिवस समारोहमा कड्फनलाई साकोस अभियानका अग्रज, वर्तमान नेतृत्व र नवपुस्ताबीच संवाद, सहकार्य तथा आत्मीय पुनर्मिलनको सशक्त चौतारीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ।

कड्फनका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का पूर्वअध्यक्ष डिबी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका मानार्थ सदस्य, आजीवन सदस्य तथा नेफ्स्कून व्यवस्थापनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सहकारी अभियानभित्रको एउटा आवश्यकताबाट जन्मिएको कड्फन आज साकोस क्षेत्रका अग्रज र अनुज सहकारीकर्मीलाई जोड्ने साझा संस्थागत थलोका रूपमा विकसित हुँदै गएको बताउनुभयो। उहाँले कड्फनलाई केवल औपचारिक संरचना वा सदस्यता केन्द्रित संस्थाका रूपमा सीमित नराखी, सहकारी अभियानको अनुभव संरक्षण, मूल्य हस्तान्तरण र भावनात्मक एकताको माध्यमका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “कड्फन अब पुराना र नयाँ सहकारीकर्मीबीच भेटघाट, सम्बन्ध सुदृढीकरण तथा अनुभव र ऊर्जा आदानप्रदान गर्ने साझा मञ्च बन्नुपर्छ,” “सहकारी अभियानको निरन्तरता र विश्वसनीयताका लागि पुस्ताबीचको संवाद र सहकार्य अपरिहार्य भएको अध्यक्ष बस्नेतले बताउनुभएको थियो।”

उहाँले सहकारी अभियानको सबलीकरण केवल वित्तीय कारोबार, सदस्य विस्तार वा संस्थागत आकारमा मात्र निर्भर नहुने उल्लेख गर्दै अभियानको मूल्य, आदर्श, अनुशासन र सामाजिक उत्तरदायित्वलाई पुस्तान्तरण गर्न सकिएमा मात्र सहकारीको दीर्घकालीन विश्वसनीयता कायम रहने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी अभियानका प्रारम्भिक दिनदेखि योगदान पुर्‍याउँदै आएका अग्रज सहकारीकर्मीप्रति सम्मान व्यक्त गर्दै विगतको अनुभव र वर्तमानको ऊर्जा जोड्ने कार्यलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने बताउनुभएको थियो। उहाँहरूले साकोस अभियानभित्र आदर, सद्भाव, सहकार्य र पारस्परिक उत्तरदायित्वको संस्कृति सुदृढ हुनुपर्नेमा जोड दिनुभएको थियो।

स्थापना दिवसका अवसरमा मानार्थ सदस्य तथा नवप्रवेशी सदस्यलाई स्वागत गरिएको थियो। मानार्थ सदस्यहरूले सीमित स्रोत, सामान्य पूर्वाधार र सुकुलमा बसेर सुरु गरिएको नेफ्स्कूनको यात्रालाई स्मरण गर्दै आजको संस्थागत विस्तार, व्यावसायिक क्षमता र प्रभावकारी उपस्थितिप्रति खुशी व्यक्त गर्नुभयो। उहाँहरूले सहकारी अभियानको उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई हजारौँ सहकारीकर्मीको समर्पण, श्रम र सामूहिक विश्वासको प्रतिफल भएको धारणा राख्नुभयो।

कार्यक्रममा कड्फनलाई थप व्यापक, समावेशी र जीवन्त बनाउने विषयमा पनि छलफल गरिएको थियो। सहभागीहरूले यस संस्थालाई सहकारी क्षेत्रका अनुभवी नेतृत्व, पूर्वपदाधिकारी, वर्तमान सञ्चालक तथा युवा सहकारीकर्मीबीच विचार, अनुभव र सम्बन्धको पुलका रूपमा विकास गर्नुपर्ने सुझाव दिएका थिए।

कड्फन नेपालको बचत तथा ऋण सहकारी अभियानसँग सम्बन्धित सदस्य तथा कर्मचारीको साझा गैरनाफामूलक संस्था हो। गत कार्तिक २८ गते काठमाडौंमा सम्पन्न संस्थाको १५औँ वार्षिक साधारणसभाले विनियम संशोधन गर्दै सबै साकोसकर्मीलाई सदस्यतामा आबद्ध हुन सक्ने व्यवस्था गरेको थियो। संस्थालाई थप गतिशील र व्यापक बनाउने उद्देश्यले कड्फनले साकोस क्षेत्रमा आबद्ध सदस्य तथा कर्मचारीका लागि आजीवन सदस्यता खुला गरेको छ। संशोधित विनियमअनुसार कड्फनमा नौ सदस्यीय सञ्चालक समिति रहने र समितिको कार्यकाल तीन वर्ष कायम गरिएको छ। यसअघि दुई वर्ष रहेको कार्यकाललाई संस्थागत निरन्तरता, नेतृत्वको स्थायित्व तथा कार्यसम्पादनको प्रभावकारिताका लागि तीन वर्ष बनाइएको हो।

कड्फनले नेफ्स्कूनका पूर्व तथा वर्तमान सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका ७५ वर्ष उमेर पूरा गरेका अग्रज व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्दै आएको छ। अध्यक्ष बस्नेतले यस्तो सुविधा लिन बाँकी रहेका योग्य सहकारीकर्मीलाई आगामी असारभित्र सदस्यता प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दीपक थापा, पूर्वसञ्चालक गोमा नेपाल, न्हुच्छे नारायण श्रेष्ठ, नारायण शर्मा गैरे, चन्द्रकुमारी खड्कालगायतको उपस्थिति रहेको थियो। स्थापना दिवसकै अवसरमा राष्ट्रिय सहकारी बैंकको सञ्चालक पदमा निर्वाचित कड्फन सदस्य परितोष पौड्याल र कमलादेवी गिरीलाई सम्मान गरिएको थियो।

नेफ्स्कूनका वरिष्ठ अधिकृत नविनराज दाहालले व्यवस्थापकीय संयोजन गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनकी अधिकृत राधा पौडेलले गर्नुभएको थियो।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप