नेतृत्वमा नारी, समृद्धिमा सहकारी :  अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन–२०२६ शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेतृत्वमा नारी, समृद्धिमा सहकारी :  अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन–२०२६ शुभारम्भ

ललितपुर । महिला नेतृत्वको सशक्तीकरण, सहकारीमार्फत आर्थिक समृद्धि तथा समावेशी विकासको साझा प्रतिबद्धतासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ शुभारम्भ भएको छ ।

नेपाल सरकार अन्तर्गत भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड, नेपालको संयुक्त आयोजनामा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित सम्मेलन आयोजना गरिएको हो ।

ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा असार ६ र ७ गते सञ्चालन हुने सम्मेलनको उद्घघाटन बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री माननीय विनु रायमाझी पौडेलले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सहकारी क्षेत्रको दिगो विकास, सुशासन र जनविश्वास पुनःस्थापनाका लागि महिला नेतृत्वलाई निर्णायक तहसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । महिलाको नेतृत्व क्षमता, आर्थिक सहभागिता र निर्णय प्रक्रियामा पहुँच विस्तार गर्न सके सहकारी क्षेत्र थप पारदर्शी, उत्तरदायी तथा सदस्यकेन्द्रित बन्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री पौडेलले सहकारीलाई केवल बचत तथा ऋणको माध्यमका रूपमा सीमित राख्न नहुने उल्लेख गर्दै उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको सुदृढीकरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला नेतृत्वले सहकारीमा अनुशासन, सामाजिक उत्तरदायित्व र सदस्यप्रतिको जवाफदेहिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सरकार, नियामक निकाय, सहकारी अभियान र सदस्यहरूबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै महिला नेतृत्वको प्रवद्र्धनलाई राज्यले प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घकी उपाध्यक्ष इन्दिरा पन्तले स्वागत मन्तव्य राख्दै सहकारी अभियानमा महिलाको योगदान केवल सहभागितामा सीमित नभई नेतृत्व, निर्णय प्रक्रिया र आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्नुभयो । महिला सदस्यहरूको सीप, पहुँच, स्वामित्व तथा नेतृत्व विकासलाई प्राथमिकतामा राख्न सके सहकारी संस्थाहरू थप उत्तरदायी, पारदर्शी र जनमुखी बन्ने बताउनुभयो । 

मन्तव्यका क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले महिला नेतृत्वमा सञ्चालित सहकारी संस्थाहरूले आर्थिक तथा सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको र केही सहकारीमा समस्या देखिए पनि त्यसकै आधारमा महिला नेतृत्व वा समग्र सहकारी अभियानमाथि प्रश्न उठाउन  नहुने उहाँको भनाइ छ । उहाँले सहकारी मार्फत महिलाको आर्थिक सशक्तीकरण, नेतृत्व विकास र सम्पत्तिमाथिको पहुँच बढेको उल्लेख गर्दै हाल सहकारी क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । देशभरका सहकारी सदस्यमध्ये ५६ प्रतिशत र कर्मचारीमध्ये ६० प्रतिशत महिला रहेको तथा साना किसान सहकारीमा महिलाको सहभागिता ८० प्रतिशत पुगेको जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन सत्रपछि आयोजित प्यानल छलफलको सञ्चालन फुड सेक्युरिटी एन्ड लाइभलिहुड्स विशेषज्ञ डा. यमुना घलेले गर्नुभएको थियो । प्यानल छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, सिनर्जी फुड फाउन्डेसनकी संस्थापक सीता थापा भट्टराई, कृषि तथा खाद्य संगठनसँग आबद्ध महेश बडाल, नेबिको बिस्कुटसँग सम्बन्धित होम न्यौपाने तथा मुना कृषि लिमिटेडकी रीता बस्ताकोटी सहभागी हुनुहुन्थ्यो ।

यस क्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालललाई “संघले बचत तथा ऋण कारोबारको कति प्रतिशत लगानी कृषि क्षेत्रमा गर्छ र कति प्रतिशत लगानी महिला सहकारीहरूमा भएको छ ” प्रश्न सोधिएको थियो, संघको इतिहास स्मरण गर्दै आफूलाई सोधिएको प्रश्न मार्फत नेफ्स्कूनमा आबद्ध सदस्य संघ–संस्थाहरू बचत तथा ऋण सहकारीका रूपमा क्रियाशील रहेको र ग्रामीण समुदायका सहकारी संस्थाका नियमित बचतकर्ता सदस्यहरूले गरेको बचत स्थानीय आवश्यकता तथा वातावरणअनुसार विभिन्न उद्यमशील गतिविधिमा लगानी हुने गरेको बताउनुभयो । र नेफ्स्कूनमा आबद्ध सहकारीहरूलाई व्यवसायिक परामर्श, वित्तीय पहुँच तथा बजार सञ्जाल विस्तारका लागि प्राविधिक सहजीकरण प्रदान गरिँदै आएको छ। यसमार्फत सहकारीका सदस्यहरूलाई दिगो तथा सफल उद्यमी बनाउन सहयोग पुगिरहेको छ। साथै, सम्भावित उद्यमीहरूका लागि व्यवसाय विकास सेवा (BDS) कार्यक्रममार्फत “उत्पादनदेखि उपभोक्तासम्म” वा “सेवादेखि ग्राहकसम्म” को सम्पूर्ण प्रक्रियामा प्राविधिक तथा समन्वयात्मक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभएको थियो ।

सम्मेलनले महिला सहकारीकर्मी, नीति निर्माता, सहकारी अभियन्ता तथा विभिन्न सरोकारवाला निकायबीच अनुभव आदानप्रदान, नीतिगत बहस र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरेको छ । महिला नेतृत्वलाई सहकारीको मूलधारमा स्थापित गर्दै समृद्धि, सामाजिक न्याय र दिगो आर्थिक विकासको मार्ग प्रशस्त गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएका छन् ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप