शुभकामना साकोसमा LEADERSHIP BOOTCAMP सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभकामना साकोसमा LEADERSHIP BOOTCAMP सञ्चालन

काठमाडौं । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा भक्तपुरको चाँगुनारायण न.पा.वडा नं ४ स्थित होटेल विनायक एण्ड फेमिलि होममा संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति र व्यवस्थापनका वरिष्ठ कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम अन्तर्गत LEADERSHIP BOOTCAMP असार ०८ गते सम्पन्न भएको छ । 

असार ६ गते देखि सञ्चालन भएको तालिमको समापनमा नेफ्स्कनका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा समापन गरी सहभागिहरु सबैलाई प्रमाण पत्र प्रदान गरीएको थियो । 

अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो मन्तव्यका क्रममा लिडरशिप बुटक्याम्प सहकारी दृष्टिकोणलाई व्यापक रूपमा मन्थन तथा छलफल गरिने अन्तर्राष्ट्रियस्तरको विशिष्ट तालिम हो, तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै बोली, व्यवहार र कार्यशैलीमा स्पष्ट प्रतिबद्धता देखिनुपर्नेमा जोड दिनुभयो । साथै, आफूले बुझेको कुरा नै अन्तिम सत्य हो भन्ने सोच नराखी निरन्तर सिकाइ र आत्मविकासको प्रक्रियामा सक्रिय रहनुपर्ने सहकारीका सञ्चालक वा पदाधिकारी भए पनि सर्वप्रथम आफू सदस्य भएको अनुभूति र जिम्मेवारीबोध कायम राख्नुपर्ने उल्लेख गर्दै संस्था सफल हुनु भनेको स्वयं सफल हुनु र सहकारी अभियान सफल हुनु हो भन्ने दृष्टिकोण विकास गर्न आवश्यक रहेको बताउनुभएको थियो । 

छलफल र सहभागितामूलक अभ्यास सहकारीको मूल आत्मा भएको उल्लेख गर्दैे तालिमलाई केवल प्रमाणपत्र प्राप्त गर्ने अवसरका रूपमा सीमित नराखी त्यसबाट हासिल भएका ज्ञान, अनुभव र नेतृत्व क्षमतालाई संस्थागत विकास तथा सदस्य हितका लागि व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । 

त्यसैगरी, संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले यस तालिम अवधिभर सिकेका ज्ञानलाई आफ्नो व्यक्तिगत जीवन र संस्थामा समेत अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तालिममा नेतृत्वका गुण, भूमिका, जिम्मेवारी तथा प्रभावकारी नेतृत्व विकास विषयमा प्रशिक्षण दिइएको थियो । लक्ष्यबाट वृद्धितर्फ, लाभबाट मूल्यतर्फ र खुसीबाट चुनौतीतर्फ’ लगायत विषयमा केन्द्रित रहि संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत सुमन राज घिमिरेले सहजीकरण गर्नुभएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप