मणिपुर साकोसका सञ्चालकहरूको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मणिपुर साकोसका सञ्चालकहरूको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

बत्तिसपुतली, काठमाडौं । मणिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एकदिने क्षमता अभिवृद्धि तालिम असार ०८ गते सम्पन्न भएको छ । 

संस्थाको सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी एवं सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । 

सञ्चालकहरू संस्थाको रणनीतिक दिशानिर्देशन गर्ने प्रमुख आधार भएकाले उहाँहरुले दैनिक व्यवस्थापनमा मात्र नभई नीति, योजना र अनुगमनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भएकाले साकोसका १० जना प्रतिनिधिहरुको सहभागीतामा नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले तालिमको सहजीकरण गर्नुभएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा आयोजित  तालिममा सहकारीको अवधारणा, सहकारी संस्था सञ्चालनका आधारभूत मापदण्ड, सहकारी सञ्चालनमा कानुनी तथा नियामकीय व्यवस्थाको प्रभावकारी परिपालना, संस्थागत सुधार योजना निर्माण तथा कार्यान्वयन लगायत विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले सहकारी सुशासन, जिम्मेवार नेतृत्व, संस्थागत दिगोपना तथा सदस्यमुखी सेवा प्रवाहका विषयमा आफ्नो अनुभव आदानप्रदान गर्दै संस्थाको प्रभावकारी सञ्चालनका लागि आवश्यक उपायहरूबारे छलफल गरेका थिए । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप