मध्य नेपाल साकोसका ऋण अधिकृतहरुका लागि क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्य नेपाल साकोसका ऋण अधिकृतहरुका लागि क्षमता विकास तालिम सञ्चालन

नवलपरासी  ।  मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम (सीयुएलसीसी) असार ०८ गते सम्पन्न भएको छ । 
 
सहकारी क्षेत्रमा कार्यरत ऋण अधिकृतहरुको पेशागत दक्षता, व्यवहारिक ज्ञान तथा कार्यसम्पादन क्षमतामा सुधार ल्याउने लक्ष्यसहित असार ०६ गते देखि ०८ गते सम्म सञ्चालन भएको तीन दिवसीय आवासिय तालिममा २५ जना ऋण अधिकृतहरुको सहभागिता रहेको थियो । 

सीयुएलसीसी तालिम संघले संञ्चालन गर्ने उच्च स्तरको तालिम हो । सहकारी संस्थाहरुले लगानी गरेको ऋण फिर्ता नआउने वा समयमै असुली हुन नसक्ने अवस्था पछिल्लो समय बढ्दै गएको छ । विस्तारित हुँदै गएको शिथिल अर्थतन्त्रका कारण सहकारी संस्थाहरुमा खराब कर्जा बढेको हो । यसै अवस्थालाई मध्यनजर गर्दै ऋण असुली सम्बन्धी  ऋण अधिकृतहरुका लागि तालिम आयोजना भएको साकोसका अध्यक्षले बताउनु भएको थियो ।  

तालिम अवधिभर विभिन्न विषयवस्तुहरूमा केन्द्रित रही सहभागीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान भएको थियो ।  तालिमको सहजकर्ता नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र प्राचार्य बल्लभ तिमल्सिनाले ऋण व्यवस्थापन, जोखिम विश्लेषण, सदस्य मूल्याङ्कन, तथा प्रभावकारी ऋण प्रवाहका विविध पक्षमा सहजीकरण गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप