वित्तीय जोखिम व्यवस्थापनमा जोड, त्रिवेणी महिला साकोसको सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वित्तीय जोखिम व्यवस्थापनमा जोड, त्रिवेणी महिला साकोसको सुपरिवेक्षण सम्पन्न

नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यसहित नियमित रूपमा सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम अन्तर्गत नवलपरासी (ब.सु.पु) स्थित त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा असार ९ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।

सुपरिवेक्षणको प्रमुख उद्देश्य सहकारी संस्थाहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु तथा बचतकर्ताको विश्वास अभिवृद्धि गर्नु रहेको थियो। यस क्रममा संस्थाको पुँजी पर्याप्तता अनुपात, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन प्रणाली, लेखा प्रणाली, व्यवस्थापन सूचना प्रणाली अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण तथा भाखा नाघेका ऋण असुलीका विषयमा विस्तृत मूल्यांकन गरिएको थियो। त्यसैगरी बचत तथा ऋण कारोबार, लेखापरीक्षण, लगानी नीति, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता र निर्णय प्रक्रियालगायतका पक्षहरूको समेत समग्र रूपमा समीक्षा गरिएको थियो। स्क्यान (SCAN) का सूचकहरूमा आधारित अभ्यासमार्फत सहकारीको वर्तमान अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन तथा आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो ।

सुपरिवेक्षण कार्यक्रममा साकोसका सञ्चालक समिति, कार्यदल  तथा व्यवस्थापनको सहभागिता रहेको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारीद्धारा सम्पन्न सुपरीबेक्षणमा सहभागीहरूले सुपरिवेक्षणका क्रममा प्राप्त सुझाव तथा टिप्पणीहरूलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप