स्क्यान कार्यक्रम अन्तर्गत जनसचेतन साकोसको स्थलगत अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत जनसचेतन साकोसको स्थलगत अनुगमन

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका–५, मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ‘स्क्यान’ कार्यक्रम अन्तर्गत स्थलगत असार १४ गते सुपरिवेक्षण सम्पन्न गरेको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्यहित सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको सुपरिवेक्षणमा संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्था, सदस्यले प्राप्त गर्ने सेवा–सुविधा, भाखा नाघेका ऋणको कानुनी व्यवस्थापन, सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका पक्षहरूको विस्तृत समीक्षा गरिएको थियो ।

त्यसैगरी, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व, सदस्य सहभागिता तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको प्रभावकारी प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको छ ।

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकाल र कार्यक्रम अधिकृत राजन सुवेदीको नेतृत्वमा सम्पन्न सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सुपरिवेक्षणका क्रममा विनियम, नीति तथा आन्तरिक कार्यविधिको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीति तथा नियामक निकायका निर्देशनको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपातको विश्लेषण, समग्र वित्तीय अवस्था तथा सदस्यलाई प्रदान गरिएका सेवा–सुविधाबारे विस्तृत छलफल गरिएको थियो ।

सुपरिवेक्षकबाट प्राप्त सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा विस्तृत रूपमा छलफल गरी चरणबद्ध कार्यान्वयनमा लैजाने प्रतिबद्धता संस्थाले गरेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप