किसान साकोस नवलपुरमा एक्सेसका सूचकहरुमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोस नवलपुरमा एक्सेसका सूचकहरुमा छलफल

गैडाकोट, नवलपुर । बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस (ACCESS)  ब्रान्डिङ अन्तर्गत किसान बचत तथा ऋण सहकारी संस्था लि। मा असार १४ गते सम्पन्न स्थलगत अन्वेषणका क्रममा संस्थागत सुशासन, प्रविधि सुरक्षा, कानुनी परिपालना र आन्तरिक नियन्त्रण प्रणालीका मुख्य मापदण्डहरूमाथि केन्द्रित रहेर स्थलगत सुपरिवेक्षण तथा प्रतिवेदन समीक्षा कार्य सम्पन्न भएको छ ।  

संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेद्वारा तयार गरिएको स्थलगत सुपरिवेक्षण प्रतिवेदनउपर छलफलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिना, आर्थिक प्रशासन विभाग प्रमुख अर्जुन प्रसाद पौडेल, क्ष्त् प्रमुख सागर क्षेत्री, विभागीय प्रमुख प्रेमप्रसाद अधिकारी, वरिष्ठ सहायक योगेन्द्र न्यौपाने र इन्चार्ज तेजेन्द्र रानाको सहभागिता रहेको थियो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाले यस स्थलगत सुपरिवेक्षणले आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरूमा व्यवस्थापनमा साझा बुझाइ कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

एक्सेस सुपरिवेक्षणका क्रममा मुख्य गरी सहकारीको गुणात्मक विकासका लागि तय गरिएका स्थापित सूचकहरू तथा सिकाइ एवं वृद्धिु, वित्तीय दृष्टिकोणु र सफ्टवेयर सुरक्षाु अन्तर्गत विभिन्न नीतिगत तथा व्यावहारिक विषयहरूमा विस्तृत छलफल भएको छ । त्यसैगरी, सफ्टवेयर सुरक्षालाई बलियो बनाउन डुअल कन्ट्रोल सिस्टम (Dual Control System) को सुनिश्चितता,  म्यानुअल ट्रान्सफरलाई प्रणालीगत एप्रुभल फ्लोमा लैजाने र ब्याजदर परिवर्तन,निष्क्रिय खाताहरूको प्रतिवेदनउपर छलफल भएको थियो । 

यसका साथै, सदस्य पहिचान (KYM) लाइ अद्यावधिक गर्दा, नयाँ सदस्यता प्रदान गर्दा र ऋण लगानी गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने, मोबाइल बैंकिङ प्रयोगकर्ताको सिमको (Sim Owner Verification) को स्क्रिनसट अपलोड गर्ने र पारिवारिक विवरण (Family Tree) अद्यावधिक गर्ने प्राविधिक सूचकहरूमा संवाद भयो ।कार्यस्थल व्यवस्थापनका लागि ५ एसु परीक्षणलाइ नियमितता गर्ने, ब्रान्ड माइन्डसेट एवं कर्मचारी हातेपुस्तिका (Employee Handbook) अद्यावधिक गर्ने विषयमा समेत गहन छलफल भएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

३ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप